BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमले एनपिएलको तेस्रो संस्करणको प्रायोजन गर्ने, बन्यो ‘अफिसियल पार्टनर’

२०८३ कात्तिक २

नेपाल टेलिकमले एनपिएलको तेस्रो संस्करणको प्रायोजन गर्ने, बन्यो ‘अफिसियल पार्टनर’
नेपाल टेलिकमले एनपिएलको तेस्रो संस्करणको प्रायोजन गर्ने, बन्यो ‘अफिसियल पार्टनर’

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ।

GBIME
Tata

टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै देशमा क्रिकेको संस्थागत विकासमा यसबाट योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

यही कात्तिक ९ देखि आगामी मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एनपिएल हुँदैछ।