BIZMANDU
www.bizmandu.com

‘टिभीमा हुँदा जिबी र पार्टीमा महामन्त्रीले मात्रै गल्ती गरेजस्तो गरे, रविले गल्ती नै गर्नुहुन्न’

२०८१ असार १९

‘टिभीमा हुँदा जिबी र पार्टीमा महामन्त्रीले मात्रै गल्ती गरेजस्तो गरे, रविले गल्ती नै गर्नुहुन्न’
‘टिभीमा हुँदा जिबी र पार्टीमा महामन्त्रीले मात्रै गल्ती गरेजस्तो गरे, रविले गल्ती नै गर्नुहुन्न’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले आफूलाई पार्टी बैठकमा ह्यारेसमेण्ट भएको आरोप लगाएका छन्।

Tata
GBIME

पार्टीको गलत कदमविरुद्ध मुखमा कालो टेप लगाएर केन्द्रीय कमिटीको बैठकमा उपस्थित भए पनि नेताहरूले आफूलाई ह्यारेसमेण्ट गरेको ढकालले बताए।

उनले केन्द्रीय कमिटीको बैठक लाइभ गरौं भन्दा नमानेपछि आफूले मुखमा पट्टि बाँध्ने जानकारी गराएको बताए।

ढकालले उपसभापतिहरूले आफूलाई महामन्त्री नमान्ने भन्दै अपमान गरेको बताएका छन्।

‘दुई जना उपसभापतिले महामन्त्री मान्दिनँ भन्नुभएको छ। गोरखा मिडिया निर्णायकमा हुँदा सबै जिबी राईको गल्ती। अहिले सबै महामन्त्रीको गल्ती,’ उनले भने।

ढकालले आफूलाई कारबाही गर्ने पार्टी कमिटीमा नेताहरूले धारणा राखेको पनि बताए।