BIZMANDU
www.bizmandu.com

फोर्सको नयाँ ‘फाइभ डोर गुर्खा’ भारतमा सार्वजनिक, मूल्य १८ लाख भारु

२०८१ बैशाख २१

फोर्सको नयाँ ‘फाइभ डोर गुर्खा’ भारतमा सार्वजनिक, मूल्य  १८ लाख भारु
फोर्सको नयाँ ‘फाइभ डोर गुर्खा’ भारतमा सार्वजनिक, मूल्य १८ लाख भारु

काठमाडौं । फोर्स मोटर्सले भारतमा नयाँ फाइभ डोर गुर्खा गाडी सार्वजनिक गरेको छ। कम्पनीले बिहीबार सो गाडी लन्च गरेको हो।

Tata
GBIME
Nepal Life

यसअघिको थ्री डोर गुर्खा मोडलको गाडी दुई वर्ष अगाडि नै नेपालमा पनि उपलब्ध भएको थियो।

नयाँ फाइभ डोर गुर्खाको मूल्य १८ लाख भारतीय रुपैयाँ तोकिएको छ। थ्री डोर गुर्खाको मूल्य भने १६ लाख ७५ हजार भारतीय रुपैयाँ थियो।

भारतीय बजारमा सो नयाँ गाडीको बुकिङ समेत खुलाइएको छ।

फाइभ डोर गुर्खाको मूल्य इन्ट्री लेभल महिन्द्रा थार डिजल फोरह्वील ड्राइभ भेरियन्टकोभन्दा १ लाख ७५ हजार भारतीय रुपैयाँ धेरै छ। गुर्खा महिन्द्रा थारको एक मात्र प्रतिस्पर्धी गाडी हो।

गुर्खा डिजल इन्जिनमा म्यानुअल गियरबक्सका साथै फोर ह्वील ड्राइभमा उपलब्ध छ जसमा २.६ लिटर मर्सिडिजमा भएको डिजल इन्जिन छ। यसले १४० हर्सपावर र ३२० एनएम टर्क उत्पादन गर्न सक्छ। यसमा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार प्ले र एन्ड्रोइड अटो, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, टिल्ट र टेलिसकोपिक स्टेरिङ एडजस्ट र रियर क्यामेरा रहेको छ। यस्तै टायर प्रेसर मोनिटरिङ सिस्टम पनि यसमा राखिएको छ।