BIZMANDU
www.bizmandu.com

वित्तीय विवरण खराब भए पनि फाइनान्स कम्पनी नै रोजाइमा, कति बढ्यो सेयर मूल्य ?

२०८१ बैशाख १६

वित्तीय विवरण खराब भए पनि फाइनान्स कम्पनी नै रोजाइमा, कति बढ्यो सेयर मूल्य ?
वित्तीय विवरण खराब भए पनि फाइनान्स कम्पनी नै रोजाइमा, कति बढ्यो सेयर मूल्य ?

काठमाडौं। खराब वित्तीय विवरणका बाबजुद फाइनान्स कम्पनीको सेयर थप महँगो भएको छ। १४.३३ अंकले बढेको नेप्सेमा आइतबार १५ मध्ये १४ वटा फाइनान्सको सेयर मूल्य बढेको छ।

Tata
GBIME
Nepal Life

नेप्से परिसूचक बढेर १९८०.२७ को विन्दुमा पुगेको दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ३.९८ प्रतिशतले उकालो लागेको छ।

पोखरा फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ९.०२ प्रतिशतले बढेर प्रति कित्ता ६६५ रुपैयाँ पुगेको छ। मूल्य धेरै बढ्ने ५ कम्पनीमध्ये ४ वटा फाइनान्स हुन्। प्रोग्रेसिभ फाइनान्सको ७.६२, श्री इन्भेष्टमेन्ट फाइनानसको ६.८० र बेष्ट फाइनानस्को ६.७८ प्रतिशतले मूल्य बढेको छ।

कारोबारमा आएमा ३०८ कम्पनीमध्ये १८० कम्पनीको सेयर मूल्य बढेको छ।

५५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सबैभन्दा धेरै रिभर फल्स पावर कम्पनीको सेयर मूल्य ४.६३ प्रतिशतले घटेको छ।

सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा पोखरा फाइनान्स शीर्ष स्थानमा छ। कम्पनीको १३ करोड ५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

२ अर्ब ६८ करोड २५ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार हुँदा शीर्ष ५ कम्पनीको सूचीमा ४ वटा फाइनान्स छन्।