काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बुंगल हाइड्रोलाई आइपीओ निष्कासनको अनुमति दिएको छ।
सेबोनले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले २९ लाख ५ हजार कित्ता आइपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई निष्कासन गर्न अनुमति दिएको हो।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल छ।
कम्पनीले जारी पूँजीको ३५ प्रतिशतका दरले हुन आउने २९ करोड ५ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न सेबोनबाट असार १५ गते अनुमति पाएको हो।