BIZMANDU
www.bizmandu.com

चेम्बरले प्रधानमन्त्रीलाई भेटेर भन्यो- विवादित मुद्दा समाधान गर्न कर व्यवस्थापन आयोग चाहियो

२०८१ बैशाख २३

चेम्बरले प्रधानमन्त्रीलाई भेटेर भन्यो- विवादित मुद्दा समाधान गर्न कर व्यवस्थापन आयोग चाहियो
चेम्बरले प्रधानमन्त्रीलाई भेटेर भन्यो- विवादित मुद्दा समाधान गर्न कर व्यवस्थापन आयोग चाहियो

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्र चलायमान बनाउन वित्तीय र मौद्रिक नीतिबीच समन्वय आवश्यक भएको बताएको छ।

Tata
GBIME
Nepal Life

चेम्बरको टोलीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अर्थतन्त्रको अवस्थाबारे ध्यानाकर्षण गराउँदै वित्तीय र मौद्रिक नीतिको समन्वयमा जोड दिएको हो।

‘विगतमा लिइएका संकुचित नीतिका कारण अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ,’ चेम्बरले जारी गरेको प्रेस विज्ञप्‍तिमा भनिएको छ, ‘वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्र चलायमान बनाउन सुझाव दिएका छौं।’

अर्थतन्त्रमा देखिएको शिथिलताले निजी क्षेत्रको सम्पति ५० प्रतिशतसम्म ऋणात्मक भएको चेम्बरले प्रधानमन्त्रीसामु बताएको छ। विगतको सम्पत्तिको स्रोतलाई मान्यता नदिइएकाले घरजग्गा कारोबारमा शिथिलता आएको चेम्बरको भनाइ छ।

आयकर ऐनका अधिकांश प्रावधान स्पष्ट नहुँदा अन्त:शुल्क, भन्सार आदिमा पछिल्लो समय भूतप्रभावी दायित्व देखा परेको भन्दै यसको अन्त्य गर्न चेम्बरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। चेम्बरले करका कारण विवादित मुद्दा यथाशिघ्र समाधानका लागि कर व्यवस्थापन आयोग गठन गर्न माग गरको छ।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा देखिएको दबाब अन्त्य गर्न सरकार प्रयत्नशील रहेको बताए। ‘अर्थतन्त्र संकटउन्मुख पनि छैन, चलायमान पनि हुन सकेको छैन। अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक भएर पनि आर्थिक गतिविधि विस्तार हुन सकेको छैन,’ उनले भने।