BIZMANDU
www.bizmandu.com

फोनपेद्वारा नेपालमा युपीआईमार्फत दिने सेवाबारे जानकारी, ४ वर्षदेखिको प्रयास सफल

२०८१ बैशाख २१

फोनपेद्वारा नेपालमा युपीआईमार्फत दिने सेवाबारे जानकारी, ४ वर्षदेखिको प्रयास सफल
फोनपेद्वारा नेपालमा युपीआईमार्फत दिने सेवाबारे जानकारी, ४ वर्षदेखिको प्रयास सफल

काठमाडौं। फोनपे भारतले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआई) प्लेटफर्मद्वारा सञ्चालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक फोनपेले समर्थन गरेको थियो। जो नेपाल-भारत क्रसबोर्डर युपीआई एनआईपीएलको काउन्टरपार्टी पनि हो।

Tata
GBIME
Nepal Life

कार्यक्रममा फोनपे नेटवर्कका प्रमुक कार्यकारी अधिकृत दिवस सापकोटाले नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआईको सम्भावनाको बारे धारणा राखेका थिए।

यो फोनपेका लागि अत्यन्तै गौरव र खुसीको क्षण हो। नेपालमा क्रसबोर्डर भुक्तानी ल्याउने हाम्रो ४ वर्षको यात्रा अन्ततः सफल भएको छ र युपीआई  भुक्तानी नेपालमा लाइभ भएको छ,’ सापकोटाले भने।

कार्यक्रममा नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रसबोर्डर भुक्तानीको प्रभावको बारेमा प्यानल छलफल भएको थियो।
यस्तै, भारतको फोनपेका प्रमुख कार्यकारी अधिकृत रितेश पाईले युपीआईद्वारा सञ्चालित फोनपेले कसरी भारतभर भुक्तानीलाई सबै वर्ग माझ समानरुपमा अगाडि बढाएको विषयमा धारणा राखेका थिए।

नेपाल भारतीय पर्यटकहरु बीचमा धेरै लोकप्रिय गन्तव्य हो। पर्यटकहरुले अब विभिन्न पर्यटक स्थल, खुद्रा स्टोर, धार्मिक स्थलहरू र अन्य लोकप्रिय स्थानहरूमा भुक्तानी गर्न युपीआई प्रयोग गर्न सक्छन्।

यस्तै, कार्यक्रममा एनपीसीआई इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हामीले नेपालमा क्यूआर कोड आधारित व्यक्तिदेखिव्यापारी (पीटुएम) युपीआई लेनदेन सुरु गर्न फोनपेसँग साझेदारी गरेको जनाएका छन्।