BIZMANDU
www.bizmandu.com

ब्राण्ड भ्यालु अर्बौंमा तर क्लबको रेभेन्यूमा कमी : विज्ञापनमा दबाब पर्दा आईपीएलको अर्थतन्त्रमा प्रभाव

२०८१ बैशाख २५

ब्राण्ड भ्यालु अर्बौंमा तर क्लबको रेभेन्यूमा कमी : विज्ञापनमा दबाब पर्दा आईपीएलको अर्थतन्त्रमा प्रभाव
ब्राण्ड भ्यालु अर्बौंमा तर क्लबको रेभेन्यूमा कमी : विज्ञापनमा दबाब पर्दा आईपीएलको अर्थतन्त्रमा प्रभाव

इण्डियन प्रिमियर लिग (आईपीएल)का क्लबहरुको आय आर्थिक वर्ष २०२२/२३ मा घटेको छ। कोरोना महामारी भन्दा अघिको समयसँग तुलना गर्ने हो भने २३ प्रतिशतले ‘रेभेन्यू’ घटेको मार्केट इन्टेलिजेन्स प्लेटफर्म प्राइभेट सर्कलको रिपोर्टमा उल्लेख छ।

Tata
GBIME
Nepal Life

सन् २००८ बाट बोर्ड अफ क्रिकेट कन्ट्रोल इन इन्डिया (बीसीसीआई)ले आईपीएल सुरु गरेको थियो। ब्राण्ड फाइनाइन्सका अनुसार हाल आईपीएलको ब्राण्ड भ्यालु १० बिलियन अमेरिकी डलर छ।

आय थप घट्न सक्ने रिपोर्टमा प्रक्षेपण गरिएको छ। यसको पछाडि धेरै कारणहरु हुन सक्ने बताएको छ। ग्राहकहरुको फेरिँदो प्राथमिकता र मनोरञ्जन क्षेत्रको बलियो उपस्थितिले पनि त्यसमा प्रभाव पारेको छ। जसको प्रभाव क्लबहरुको आयमा समेत परेको छ।

सन् २०१९ मा कोलकाता नाइटाइडर्सको आय सर्वाधिक ४३७ करोड भारु, दिल्ली क्यापिटल्सको ४२४ करोड भारु र चेन्नइ सुपर किंग्सको ४१८ करोड भारु थियो। सन् २०२३ सम्म आइपुग्दा दिल्लीको ३६७ करोड भारु, गुजरातको ३६० करोड भारु र मुम्बईको ३५९ करोड भारु छ।

सन् २०१९ मा सबै क्लबको औसत ३९४.२८ करोड भारतीय रुपैयाँ आय रहेकोमा २०२३ मा आइपुग्दा ३०७.५ करोड भारतीय रुपैयाँमा झरेको हो। आईपीएलको आय यही हिसाबले घट्ने हो भने संरचनागत हिसाबमै परिवर्तन गर्नुपर्ने अवस्था आउने छ।

सन् २०२३ मा प्रायोजनबाट रोयल च्यालेन्जर्स बेङ्ग्लोरले ८३ करोड रुपैयाँ आम्दानी गरेको थियो भने चेन्नइ सुपर किंग्सले ७८ करोड र दिल्ली क्यापिटल्सले ७२ करोड आम्दानी गरेको थियो।

हिन्दुस्तान टाइम्सको एक रिपोर्टअनुसार भ्युअरसिप उल्लेखनीय भए पनि ब्राण्डहरुले आईपीएलमा विज्ञापन गर्न चासो दिइरहेका छैनन्। यो वर्ष विज्ञापन गर्न क्लबहरुले चासो नदिनुको कारण हाल जारी लोकसभा निर्वाचन हो।

भारतमा चुनाव चलिरहँदा टीभीको चुनाव कभरेजका कारण आईपीएलमा प्रभाव परिरहेको छ। भारतमा जुन १ सम्म चुनावी माहोल हुँदा सँगसँगै चलिरहेको आईपीएल प्रभावित भएको हो।

यसो हुँदा आईपीएलमा भन्दा जुनबाट सुरुहुने टी-२० विश्वकपलाई सहज हुने देखिन्छ। मिडिया रिपोर्ट अनुसार स्ट्रिमिङको अधिकार पाएको जियो सिनेमाले प्रतियोगिताको उद्घाटन खेलमा ११.३ करोड मानिसलले हेरेको जनाएको छ। प्रतियोगिता सुरुहुँदा भायकम१८ ले सञ्चालन गरेको जियो सिनेमाले १८ प्रायोजक र २५० विज्ञापनदातासँग सुरु गरेको थियो।

यद्यपि, मिडिया क्षेत्रका विज्ञहरुले भने ‘भ्युअरसिप’ बढे पनि टीभीको विज्ञापन रेट नबढेको जनाएका छन्।

‘लिगमा एड यतिकै पनि धेरै महँगो छ। वर्षैपिच्छे यसलाई बढाइरहन सहज छैन,’ स्पोर्ट्स मार्केटिङका विज्ञ इन्द्रनिल दासले भनेका छन्। विज्ञापनदाताहरुले आईपीएलमा लगानीबाट अझै राम्रो ‘रिटर्न’ खोजिरहेको उनी बताउँछन्।

हाल आईपीएलमा लगानी गर्ने पेटिएम, बाइजु लगायतका कम्पनीको असफलताले पनि ब्रान्ड भ्यालूमा धक्का दिएको छ।

त्यस्तै भारत सरकारले ‘त्रुटीपूर्ण’ विज्ञापनमाथि चासो बढाएको छ। ‘डिपार्टमेन्ट अफ कन्ज्युमर अफेयर्स’ले मदिरा र सूर्तिजन्य पदार्थ र बेटिङको सेरोगेट विज्ञापनमा कडाइ गरेको छ। जसको असर आइपीएलको आयमा परेको छ।