BIZMANDU
www.bizmandu.com

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा उत्रँदै नेपाली टोली, विकेट किपिङ विनोद भण्डारीले गर्ने

२०८१ बैशाख १९

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा उत्रँदै नेपाली टोली, विकेट किपिङ विनोद भण्डारीले गर्ने
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा उत्रँदै नेपाली टोली, विकेट किपिङ विनोद भण्डारीले गर्ने

काठमाडौं । वेस्ट इण्डिज ‘ए’ सँगको पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपाल दीपेन्द्रसिंह ऐरीको कप्तानीमा उत्रने भएको छ। उच्च लयमा रहेका नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिँदा ऐरीले कप्तानको जिम्मेवारी पाएका हुन्।

Tata
GBIME
Nepal Life

ऐरीले यसअघि भारतमा सम्पन्न फ्रेन्डसिप कपको बरोडाविरुद्धको एक खेलमा पनि टोलीको नेतृत्व गरेका थिए। यसअघिका खेलमा नेपाली टोलीका नियमित कप्तान पौडेल प्रभावशाली देखिएका थिए। उनले दुई इनिङ्समा १८३ रन बनाएका छन्। वेस्ट इण्डिजका लागि पनि कप्ताननै ब्याटिङमा प्रभावशाली देखिएका छन्। कप्तान रोस्टन चेजले ९७ रन बनाएका छन्।

आज हुने सिरिजको तेस्रो खेलमा पौडेलसहित कुशल भुर्तेल, प्रतिश जिसी र सोमपाल कामी पनि बेन्चमा छन्। विकेट किपिङको जिम्मेवारी विनोद भण्डारीले पाएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा वेस्ट इण्डिजका कप्तान रोस्टन चेजले टस जितेर ब्याटिङ रोजेका छन्।

पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले र दोस्रो खेलमा वेस्ट इण्डिज ‘ए’ ले जित निकाल्दै सिरिज १-१ को बराबरीमा छ।

नेपालको प्लेइङ ११

दीपेन्द्रसिंह ऐरी (कप्तान), लोकेशबहादुर बम, विनोद भण्डारी, अनिलकुमार साह, कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, विवेककुमार यादव, करण केसी, सागर ढकाल, कमलसिंह ऐरी