BIZMANDU
www.bizmandu.com

भारतीय सीमा जोडिएका पालिकाका वडाध्यक्ष र वडा सदस्यसँग सशस्त्र प्रहरीको अन्तरक्रिया

२०८२ असार २१

भारतीय सीमा जोडिएका पालिकाका वडाध्यक्ष र वडा सदस्यसँग सशस्त्र प्रहरीको अन्तरक्रिया
भारतीय सीमा जोडिएका पालिकाका वडाध्यक्ष र वडा सदस्यसँग सशस्त्र प्रहरीको अन्तरक्रिया

विराटनगर। कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बलको मुख्यालयले भारतीय सीमा जोडिएका पालिकाका वडाध्यक्ष र वडा सदस्यसँग अन्तरक्रिया गरेको छ।

Tata
GBIME

सुनसरीको पकलीमा रहेको मुख्यालयले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणाअनुसार यस्तो कार्यक्रम गरेको जनाएको छ।

मुख्यालयका अनुसार सीमा क्षेत्रबाट हुने लागुऔषध र व्यापारिक वस्तुको अवैध ओसारपसार, चोरी र अन्य विभिन्न प्रकारका अपराध र तिनको नियन्त्रणका लागि अन्तरक्रिया गरिएको हो।

मुख्यालयका सूचना अधिकारी एवम् एसएसपी सुधीरजंग थापाले कार्यक्रममा सीमास्तम्भको सुरक्षामा स्थानीय तहको भूमिका र सीमा सुरक्षाका लागि सूचना आदानप्रदानका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको बताए।

एसएसपी थापाका अनुसार कार्यक्रमका सहभागी सीमाक्षेत्रमा बन्द छोटी भन्सार तुरुन्त खुलाउनु पर्ने, नभएका नाकामा खोल्नुपर्ने र सीमाक्षेत्रमा सशस्त्र प्रहरीका महिला जवान तथा अधिकृत थप्नुपर्ने विषयमा सहमत भएका थिए।

कार्यक्रममा इलामको सूर्योदय नगरपालिकादेखि सुनसरीको कोशी गाउँपालिकासम्मका ६६ वडाका वडाध्यक्ष र वडासदस्य सहभागी रहेको मुख्यालयको विज्ञप्तिमा उल्लेख छ। मुख्यालयका डीआइजी कुमार न्यौपानेले वडाध्यक्ष र वडा सदस्यले उठाएका प्रश्नको जवाफ दिएका थिए।