BIZMANDU
www.bizmandu.com

विद्या भण्डारीको एमालेमा ‘रिब्याक’ लाई ओलीले भने : उहाँले केही भन्नु भएको छैन

२०८२ असार २०

विद्या भण्डारीको एमालेमा ‘रिब्याक’ लाई ओलीले भने : उहाँले केही भन्नु भएको छैन
विद्या भण्डारीको एमालेमा ‘रिब्याक’ लाई ओलीले भने : उहाँले केही भन्नु भएको छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डरी आफ्नो विकल्पमा खडा नभएको बताएका छन्। स्पेनका लागि नेपाली राजदूतको निवासमा नेपाली समुदायका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले एमालेभित्र देखिएको विवादबारे बोलेका हुन्।

Tata
GBIME

उनले भने, ‘एमालेभित्र विद्या भण्डारीलाई अघि सारेर मेराविरुद्ध केन्द्रित भएर केही विरोध गरिएको छ । स्वयं विद्या भण्डारीले केही भन्नुभएको छैन। हाम्रो पार्टीले यस्ता कुराहरूको सामना गर्दै आएको छ र फेरि पनि गर्नेछ,’ उनले भने।

गत शनिबार भण्डारीले एमालेको सक्रिया राजनीतिमा फर्किने घोषणा गरेकी थिइन्।

यस्तै, ओलीले स्पेनमा पनि आगामी निर्वाचनसम्म नेपाली कांग्रेससँग सत्ता साझेदारी रहने र अबको एक वर्षपछि नेकपा (एमाले) र नेपाली कांग्रेसको सहमतिबमोजिम आफूले कांग्रेस सभापित शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने बताए।

‘कांग्रेसभित्र देखिएको आन्तरिक समस्या बाहिर छरपस्ट नभए हुन्थ्यो तर पनि उहाँहरूले सम्हाल्नुहुन्छ होला भन्ने मलाई विश्वास छ,’ प्रधानमन्त्री ओलीले भने।

ओली स्पेनबाट दोहा प्रस्थान गरिसकेका छन्। त्यहाँबाट उनी स्वदेश फर्किनेछन्।