BIZMANDU
www.bizmandu.com

प्रचण्ड र ओलीलाई सभामुखको सन्देश : भोलि बिहान ११ बजेअघि नै सहमतिमा पुग्नुहोस्

२०८१ जेठ ५

प्रचण्ड र ओलीलाई सभामुखको सन्देश : भोलि बिहान ११ बजेअघि नै सहमतिमा पुग्नुहोस्
प्रचण्ड र ओलीलाई सभामुखको सन्देश : भोलि बिहान ११ बजेअघि नै सहमतिमा पुग्नुहोस्

काठमाडौं। सभामुख देवराज घिमिरेले संसद्को गतिरोध हटाउन प्रतिपक्षीसँग सहमति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा (एमाले) अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन्।

Tata
GBIME
Nepal Life

सभामुखले प्रमुख प्रतिपक्षी दलसँग यथासक्य सहमति गर्न दाहाल र ओलीलाई आग्रह गरेका छन्। आफूले निर्वाध र सौहार्दपूर्ण ढंगबाट संसद संचालन होस् भन्ने चाहेको उनले बताए।

‘जति बल गरेर संसद् चलाए पनि एक क्षणमा त सहमति गर्नैपर्छ। पछि होइन, अहिल्यै सहमति गर्नुहोस्। भोलि बिहान ११ बजेअघि नै सहमतिमा पुग्नुहोस्।’

नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच गर्दा राम्रो सन्देश नजाने उनको भनाइ थिइ।

त्यस्तै, सार्वजनिक सञ्चार माध्यममा आएजस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले नगरेको उनले बताए। अध्यादेशबाट बजेट ल्याउने, कानुन ल्याउने गर्दा संसद् र जनप्रतिनिधिको महत्व घटेर जाने उनले तर्क गरे।

प्रधानमन्त्री दाहालले पुनः कांग्रेससँग बसेर सहमति गर्ने बताएका छन्। उनले गृहमन्त्रीसहित सत्तापक्षको बैठक बस्ने पनि जानकारी दिएका थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्रीको संलग्नता रहेको भन्दै छानबिन गर्न संसदीय समितिको मागसहित सदन अवरोध गर्दै आएको छ।