BIZMANDU
www.bizmandu.com

बीवाइडीको सिलायोन ७ भोलिदेखि नेपाली बजारमा, यस्ता छन् गाडीका विशेषता

२०८२ असार १९

बीवाइडीको सिलायोन ७ भोलिदेखि नेपाली बजारमा, यस्ता छन् गाडीका विशेषता
बीवाइडीको सिलायोन ७ भोलिदेखि नेपाली बजारमा, यस्ता छन् गाडीका विशेषता

काठमाडौं। चिनियाँ कम्पनी बीवाइडीको नयाँ गाडी सिलायोन ७ नेपाली बजारमा ल्याउन लागिएको छ। बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले गाडी शुक्रबारदेखि नेपाली बजारमा ल्याउन लागेको हो।

Tata
GBIME

कम्पनीले यो गाडी गत वर्ष भएको नाडा अटो शोमा प्रर्दशनीमा राखेकामा अब बिक्री गर्ने निश्चित भएको हो।

सिलायोन ७ ले बजारमा हाल उपलब्ध डिपल एस ०७, महिन्द्रा बीइ ६ तथा एक्सयुभी ९ ई र लिपमोटर सी १० सँग प्रतिस्पर्धा गर्ने देखिन्छ। यो ४.८ मिटर लामो एसयूभी हो।

गाडीमा १०० किलोवाट क्षमताको मोटर पावर उपलब्ध छ। यसमा ८२ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ। एक पटकको फुल चार्जमा गाडीले ५०० किलोमिटरभन्दा धेरै रेन्ज दिने कम्पनीले जनाएको छ।

गाडीमा १५.६ इन्चको रोटेड टचस्क्रिन र १०.२५ इन्चको क्लस्टर उपलब्ध छ। सिलमा जस्तै यसमा हेड अप डिस्प्लेको सुविधा पनि छ।

पानारोमिक ग्लास सनरुफ, अगाडि र पछाडि सेन्सर, ३६० डिग्री क्यामेरा, रिभर्सिङ क्यामेरा, एन्ड्रोइड अटो र एप्पल कार प्ले, ६ वटा एयरब्याग, राडर, मल्टिपल क्यामरा, १२ वटा सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, हाइ बिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, फ्रन्टररियर क्रस ट्राफिक अलर्ट, अगाडि र पछाडि क्रस ट्राफिक ब्रेक, ट्राफिक साइन रिकग्नाइजेसन, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम र डोर ओपन वार्निङ गाडीका अन्य फिचर हुन्।

गाडीको मूल्य ७२ देखि ७५ लाख रुपैयाँको बीचमा हुने बताइएको छ।