BIZMANDU
www.bizmandu.com

सेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंक आक्रामक, ४६.०२ प्रतिशतले वृद्धि, कुनको कति?

२०८२ बैशाख २८

सेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंक आक्रामक, ४६.०२ प्रतिशतले वृद्धि, कुनको कति?
सेयर धितो कर्जा प्रवाहमा वाणिज्य बैंक आक्रामक, ४६.०२ प्रतिशतले वृद्धि, कुनको कति?


काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरु सेयर धितो कर्जा प्रवाहमा आक्रामक देखिएका छन्। चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कर्जा ३७.७७ प्रतिशतले बढाएका छन्।

Tata
GBIME
NLIC

आर्थिक गतिविधि बढ्न नसकेर तरलता थुप्रिंदा ब्याजदर घट्‌दै आएपछि सेयर धितो कर्जा बढ्न थालेको हो। बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितो कर्जा १ खर्ब २४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।

चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो कर्जावापत १ खर्ब २४ अर्ब १२ करोड रुपैयाँ लगानी गरेका छन्। जसमध्ये वाणिज्य बैंकहरु १ खर्ब १ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गर्दा अन्य वित्तीय संस्थाहरुले २२ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेका छन्।

सेयर धितो कर्जामा वाणिज्य बैंक बढी आक्रामक देखिएका छन्। वाणिज्य बैंकले सेयर धितो कर्जा ४६.०२ प्रतिशतले बढाएका छन्।

पछिल्लो ९ महिनामा वाणिज्य बैंकहरुबाट मात्र सेयर धितो कर्जा ३२ अर्ब ३७ करोड रुपैयाँ थपिएको छ।

२०८१ असारसम्म बैंकहरुबाट यस क्षेत्रमा ७० अर्ब ३४ करोड कर्जा गएकामा माघ मसान्तसम्म आइपुग्दा १ खर्ब २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकबाट चैत मसान्तसम्म कुल ४९ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

पछिल्लो ९ महिनामा १८ वाणिज्य बैंकबाट यस क्षेत्रमा जाने कर्जा बढ्दा एनआइसी एसिया बैंकको भने खुम्चिएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयर धितो कर्जा प्रवाह गरेको छैन ।

माछापुच्छ्रे बैंकको कर्जाको वृद्धिदर सबैभन्दा धेरै २८८.४४ प्रतिशत छ। पछिल्लो ९ महिनामा माछापुच्छ्रे बैंकबाट यस क्षेत्रमा जाने कर्जा १ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

सेयर धितोमा कर्जा आक्रामक रुपले बढाउनेमा नेपाल एसबिआई, एनएमबि, कुमारी र प्राइम कमर्सियल बैंक छन्।

९ महिनामा माछापुच्छ्रेले २८८.४४, कुमारीले १०८.८४, नेपाल एसबिआइले २०४.५६ र एनएमबिले ११३.५१ प्रतिशत र प्राइम बैंकले ९२.१ प्रतिशतले सेयर कर्जा बढाएका छन्।

सेयर धितो कर्जा सबैभन्दा धेरै दिनेमा नबिल बैंक छ। उसले अहिलेसम्म १४ अर्ब ५० करोड रुपैयाँ सेयर कर्जा दिएको छ।

यस क्षेत्रमा ९ महिनामा सबैभन्दा धेरै कर्जा कुमारी बैंकले दिएको छ। कुमारीले सात महिनामा ४ अर्ब ७६ करोड रुपैयाँ कर्जा बढाएको छ। त्यसैगरी ग्लोबल आइएमई बैंकले ४ अर्ब १३ करोड ऋण लगानी गरेको छ।

निरन्तर ओरालो लागेर कर्जाको ब्याजदर एकल अंकमा आएपछि बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्ने क्रम बढेको हो। गत असार यता वैशाख २५ गतेसम्म सेयर बजार परिसूचक ५५४ अंकले बढेको छ।

ऋणको ब्याजदर तीन वर्षयताकै सस्तो छ। बैंकहरुले अहिले सेयर धितो कर्जा ब्याजदरमा ८.१२ प्रतिशत दिइरहेका छन्। ब्याजदर घट्दै आइरहेपनि अन्य क्षेत्रमा कर्जाको माग बढ्न नसकेपछि सेयर धितो कर्जा बढ्न थालेको जानकार बताउँछन्।

सेयर विश्लेषक अनलराज भट्टराई लगानीका अन्य क्षेत्र सुस्त हुँदा मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढेको बताउँछन्। अझै पनि सेयर कर्जामा लोन जाने स्पेस रहेको उनको भनाइ छ।

‘पछिल्लो समय बजार स्टेबल देखिएको छ। २६ देखि २८ सयको वरीपरि नै छ। २ सय विन्दुले तलमाथि भएपछि धेरै उतारचढाए देखिएको छैन्। प्रणालीमा पर्याप्त तरलता भएको र ब्याजदर घट्दै आइरहेको छ। ब्याजदर घटेपछि सेयर कर्जा बढ्न थालेको हो,’ उनले भने,’निक्षेपको ब्याजदर पनि तल आइसकेपछि संस्थागत निक्षेपकर्ता मुद्धतिमा लगानी घटाउने र बजार आउने हुन्छ।’ उनका अनुसार संस्थागत लगानीकर्ता सेयर बजारमा प्रवेश गर्ने क्रम बढेकाले कर्जाको माग बढेको भट्टराईले बताए।

ब्याजदर घटिरहेको बेलामा सेयर कर्जाको डिमान्ड बढ्न थालेको एक बैंकका सीइओले बताए। उनका अनुसार कर्जाको ब्याजदर ८ प्रतिशत नजिक झरेपछि सेयर धितो कर्जा बढेको बताउँछन्।

‘अहिले अन्य क्षेत्र अपेक्षाजनक रुपमा चल्न नसक्दा ठूला लगानीकर्ताले सेयर धितो कर्जा माग गर्न थालेका छन्। त्यही कारण ऋण लगानी बढेको हो,’ उनले भने।

एनआईसी एसिया बैंकको सेयर धितो कर्जा सबैभन्दा धेरै खुम्चिएको छ। यो बैंकको सेयर धितो कर्जा ३८.७३ प्रतिशतले खुम्चिएको हो।

वाणिज्य बैंकहरुले सेयर धितोमा गरेको ऋण लगानीको अवस्था

बैंकहरुचैत २०८१/०८२ चैत २०८०/०८१फरक
(प्रतिशत)
नेपाल७,८२६.४५६,७८०.८४१५.४२
राष्ट्रिय वाणिज्य४,८८४.४३४,२६२.२७१४.६
नबिल१४,५०७.१८११,४२७.८१२६.९५
नेपाल इन्भेष्टमेन्ट३,२२८.९४१,८५८.२८७३.७६
स्टान्डर्ड
हिमालयन३,२२८.९४२,०११.८१६०.५
नेपाल एसबिआइ६१३.९७२०१.५९२०४.५६
एभरेष्ट२,७७५.३५२,०२६.९२३६.९२
एनआइसी२,४३१.६७३९६९.०२-३८.७३
माछापुच्छ्रे१,८१४.२८४६७.०७२८८.४४
कुमारी९,१३९.४०४३७६.२४१०८.८४
लक्ष्मी५,२१३.८७३,३८९.४७५३.८३
सिद्धार्थ८,५२३.७९५७८९.७८४७.२२
कृषि३,०३७.४६१५९१.६१९०.८४
ग्लोबल११,६५५.७५७,५१७.३७५५.०५
सिटिजन्स६,८५०.१९४८०७.०२४२.५
प्राइम७,७८७.११४,०५३.७५९२.१
एनएमबि२,०९४.१९९८०.८४११३.५१
प्रभु४,६५२.१३३,१८१.५०४६.२२
सानिमा२,४५४.७८१,६५१.५३४८.६४
जम्मा१०२,७१९.८८७०३४४.७२४६.०२
स्रोत : नेपाल राष्ट्र बैंक