BIZMANDU
www.bizmandu.com

टाटाको सबैभन्दा सस्तो इलेक्ट्रिक कार टियागो इभी सार्वजनिक, सुरुवाती मूल्य भारु ८.४९ लाख

२०७९ असोज १२

टाटाको सबैभन्दा सस्तो इलेक्ट्रिक कार टियागो इभी सार्वजनिक, सुरुवाती मूल्य भारु ८.४९ लाख
टाटाको सबैभन्दा सस्तो इलेक्ट्रिक कार टियागो इभी सार्वजनिक, सुरुवाती मूल्य भारु ८.४९ लाख


काठमाडौं। टाटा मोटर्स इन्डियाले विद्युतीय गाडीको लाइन-अपमा सस्तो कार टियागो इलेक्ट्रिक ल्याएको छ। विश्व इभी दिवस-२०२२ को अवसर पारेर एक महिनाभित्र ह्याचब्याकमा उक्त मोडल ल्याउन गरेको घोषणा कम्पनीले कार्यान्वयन गरेको हो। 

Tata
GBIME
NLIC

घोषित योजनाअनुसार कम्पनीले टियागोलाई इभी संस्करणमा बुधबार भारतीय बजारमा सार्वजनिक गरेको छ। टियागो गाडीलाई इभी मोडलमा ल्याउने अवधारणा २०१८ को अटो एक्सपोमा नै सार्वजनिक गरिएको थियो।

टाटाको विद्युतीय गाडीको लाइन-अपमा १० वटा मोडल छन्। यसमा टियागो टाटाको तेस्रो विद्युतीय गाडी हो। यी सबै लाइन-अपहरु २०२६ सम्ममा लञ्च गर्ने टाटाको तयारी छ।

कम्पनीका अनुसार यो गाडीमा दुईवटा ब्याट्री प्याकको विकल्प दिइएको छ। जसमा एउटा १९.२ किलोवाट क्षमताको छ भने यसले एक पटकको फुल चार्जमा २५० किलोमिटर दुरी पार गर्न सकिन्छ। यस्तै अर्को २४ किलोवाट क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ३१५ किलोमिटर दुरी पार गर्न सकिने कम्पनीले जनाएको छ। यसैगरी यसमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ।

यसमा स्पोर्ट मोडको पनि उपलब्ध छ।

यसको ब्याट्री फुल चार्ज गर्न सामान्य एसी चार्जरबाट ५ घन्टा र फास्ट चार्जरबाट एक घन्टा लाग्ने कम्पनीले जनाएको छ। यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ।

यसको सुरुवाती मूल्य ८.४९ लाख भारुदेखि तोकिएको छ। यसको टप भेरियन्टको भने ११.७९ लाख भारुसम्म तोकिएको छ। नेपालमा यसको मूल्य लगभग २३ लाख रुपैयाँ पर्न सक्ने अनुमान गरिएको छ।

हाल नेपालमा उपलब्ध इन्धन भर्सन टियागोको मूल्य भेरियन्ट अनुसार २४ लाखदेखि ३२ लाख रुपैयाँसम्म छ। यसको पनि यसै हाराहारीमा रहेर बिक्री हुने अनुमान गरिएको छ।

कम्पनीले यसलाई सबैभन्दा सस्तो इभी भएको बताएको छ।