BIZMANDU
www.bizmandu.com

टीभीएसको ‘कायापलट’ योजनामा ग्राहकले लाखौं जित्दै, विराटनगरका मुरारी पाण्डेले १० लाख जिते

२०७९ असोज ११

काठमाडौं। नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ल्याएको ‘कायापलट’ योजनामा विराटनगरका मुरारी पाण्डेले १० लाख जितेका छन्।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार उनले केशरीचन्द भंवरलाल एण्ड कम्पनीबाट टीभीएस रेडर बाइक नकिन्दै ५ हजार र किनेपछि १० लाख नगद पुरस्कार जित्न सफल भएका हुन्। साथै जनकपुरका राजदेव मुखियाले आरएन अटोमोबाइल्सबाट टीभीएस रेडर खरिद गर्दा १०० प्ररतिशत क्यासब्याक पाउन सफल भएका छन्।

यसैगरी धापासी निवासी भुजेन्द्र सारुमगरले पनि बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ री एफ आइ स्कुटर खरिद गर्दा १०० प्रतिशत क्यासब्याक पाएका छन्। कम्पनीका अनुसार हालसम्म लगभग २० जनाले मोबाइल फोन र त्यति नै ग्राहकहरुले लाखौंको नगद उपहार पाएका छन्।

‘कायापलट’ योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन्। यो योजनामा नकिन्दै एक लाख र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका छ। हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्टफोन प्रदान गरिन्छ। साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गरिने छ।

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ। जस अन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट वा मासिक ४ हजार २०० को ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिने पनि व्यवस्था छ। यो योजना देशभर सीमित अवधिका लागि उपलब्ध हुनेछ र विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएकोछ।