BIZMANDU
www.bizmandu.com

अग्नि मोटोइन्कले ल्यायो ‘अल न्यु महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट’ जेनेरेटर

२०७९ असोज ९

काठमाडौं। अग्नि समूहको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिले 'अल न्यू महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट' जेनेरेटर नेपाल भित्र्याएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले चितवनमा आयोजित एक कार्यक्रममा 'नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट' जेनेरेटर सार्वजनिक गरेको हो।

नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादनगर्ने इन्जिन, सानो आकार, कमतौल र सुन्दर डिजाइनका साथ आएको कम्पनीले जनाएको छ।

उक्त डिजेल जेनसेट नेपालभर रहेका आफ्ना सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।

हाल महिन्द्रा पावोरलले नेपालमा ५ केभीएदेखि ६२५ केभीए सम्मका डिजेल जेनेरेटर बिक्री गरिरहेको छ र यो नयाँ जेनसेट लन्च गरेसँगै यसले उपभोक्ताहरूका लागि उत्कृष्ट इन्धन दक्षता, कम लागत र उत्कृष्ट प्रदर्शन दिने कम्पनीले जनाएको छ। जसले ग्राहकको व्यवसायलाई कुशलतापूर्वक अघि बढाउने कम्पनीले आशा राखेको छ।