BIZMANDU
www.bizmandu.com

अर्थ मन्त्रालयले बजेट रकमान्तर गरेको भन्दै निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

२०७९ असोज ७

अर्थ मन्त्रालयले बजेट रकमान्तर गरेको भन्दै निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
अर्थ मन्त्रालयले बजेट रकमान्तर गरेको भन्दै निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं। निर्वाचन आयोगले अर्थ मन्त्रालयलाई वार्षिक बजेट भन्दा बाहिरको रकमान्तरले निर्वाचनमा प्रतिकुल असर पर्ने बताएको छ।

Tata
GBIME
Nepal Life

आयोगले विज्ञप्ति जारी गरेर कुन कुन मन्त्रालयमा रकामान्तर गरिएको हो भन्नेबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।

‘वार्षिक बजेटभन्दा पृथक हुने गरि अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र निकायहरुमा के कति रकम कुन कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ, छैन भन्ने विषयमा नेपाल सरकारका अर्थसचिवबाट २४ घण्टाभित्र निर्वाचन आयोगलाई प्राप्त हुने गरी विवरण पेस गर्न निर्देशन दिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

वार्षिक बजेटभन्दा अरु कार्यक्रम मार्फत बजेट निकासा हुँदा निर्वाचनको स्वतन्त्रतामा असर पर्ने निर्वाचन आयोगको ठहर छ। 

मंसिर ४ गतेका लागि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन तोकिएकाले बजेटभन्दा अरु क्षेत्रबाट रकमान्तर गर्न नमिल्ने निर्वाचन आयोगको भनाइ छ।