BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकको मुद्दतीमा राख्दा पैसा २ वर्षमै डबल, ल्यायो ‘धनवृष्टि मुद्दती योजना’

२०७९ असोज ७

काठमाडौं। ग्लोबल आइएमई बैंकका निक्षेपकर्ताको रकम दुई वर्षकै डबल हुने भएको छ। बैंकले २ वर्षमै २ गुणा हुने ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ ल्याएको हो।

Tata
GBIME
Nepal Life

योजनाअन्तर्गतको मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्ने बैंकले जनाएको छ। 

२ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ। 

सो योजनामा सहभागिताको लागि न्युनतम मौज्दात १० हजार रुपैयाँ छ। सो योजनाअन्तर्गत २ वर्षमै आफ्नो मुद्दती निक्षेपमा भएको रकम दोब्बर हुने बैंकले जनाएको छ।