BIZMANDU
www.bizmandu.com

नबिल बैंकलाई ग्लोबल एसएमई फाइनान्स अवार्डमा दुई पुरस्कार, एसएमई प्रवर्द्धनमा उल्लेख्य योगदान

२०७९ असोज ६

नबिल बैंकलाई ग्लोबल एसएमई फाइनान्स अवार्डमा दुई पुरस्कार, एसएमई प्रवर्द्धनमा उल्लेख्य योगदान
नबिल बैंकलाई ग्लोबल एसएमई फाइनान्स अवार्डमा दुई पुरस्कार, एसएमई प्रवर्द्धनमा उल्लेख्य योगदान


काठमाडौं। नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डबाट सम्मानित भएको छ। असोज ४ गते कम्बोडियामा सम्पन्न ग्लोबल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सियर अफ दि इयर, एसिया’ र ‘प्रडक्ट इन्नोभेसन अफ दि इयर २०२२’ गरी दुईवटा अवार्ड पाएको छ। अघिल्लो वर्ष पनि नबिल बैंकले ‘एसएमई फाइनान्सियर अफ दि इयर, एसिया’ २०२१ जितेको थियो। 

Tata
GBIME
Nepal Life

बैंकले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पुर्‍याएका कारण आइएफसी र एसएमइबाट सम्मानित भएको जनाएको छ। विश्व बैंक समूहको सदस्य आइएफसी र एसएमई फाइनान्स फोरमले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गर्दै आएको छ।

तीन दिने ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा नबिल बैंकका तर्फबाट सहभागी भएका बैंकका एसएमइ एण्ड एमएफका प्रमुख नीरजकुमार बस्नेत (दनिल) ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली बैंकलाई चिनाउन पाउनु सिंगो राष्ट्रका लागि गौरवको क्षण भएको बताए। 

देशको जिम्मेवार बैंक भएको कारण एसएमई बैंकिङ क्षेत्रमा थप सेवा प्रदान गर्न प्रोत्साहन मिलेको उनले बताए। अन्तर्राष्ट्रिय सहभागीहरूबाट सिकेका कुराहरू र सफलताका कथाहरूले हामीलाई आगामी दिनमा अवसरहरू सिर्जना गर्न बाटो देखाएको उनको भनाइ छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले एसएमईको लागि लगानी कोष बढाउँदै जाने बताए। ‘एसएमईको लागि लगानी कोष बढाउँदै जाने र अहिले एसएमई क्षेत्रले भोगिरहेको तरलता संकटको समस्यालाई पहिचान गरी त्यसमा काम गर्नु नै नबिल बैंकको प्रमुख प्राथमिकता हो,’ सीइओ ढुंगानाले भने। 

नवौं ग्लोबल फाइनान्स फोरम असोज ३ गतेदेखि ५ गतेसम्म (सेप्टेम्बर १९ देखि २१) सम्म कम्बोडियाको नोप पेन्हमा आयोजना भएको थियो। यस फोरममा ५० देशका ४०० भन्दा बढीको सहभागिता थियो। विश्व अर्थतन्त्रको मेरूदण्ड एमएसएमइएस तीन दिनसम्म चलेको सम्मेलनले कसरी डिजिटलाइजेसनले हरित वित्त प्रवर्द्धन, आपूर्ति श्रृंखला, दक्षता, डेटा सुरक्षा, स्वचालित प्रक्रियाहरू प्रवर्द्धन गर्न सकिन्छ भनेर खोजी गरेको बैंकले जनाएको छ। 

कार्यक्रममा एसएमइको हरित वित्त क्षेत्रको प्रवद्र्धनमा आफ्नो दृष्टिकोण, विचारधार, अन्तरदृष्टि र अनुभवहरू प्रस्तुत गर्न विश्वव्यापी विचारधारा भएका नेताहरू, जलवायु वित्त अधिवक्ताहरू, प्रमुख विशेषज्ञहरू अभ्यासकर्ताहरूलाई निमन्त्रणा गरिएको थियो।

यो अवार्ड असाधारण उपलब्धि हासिल गर्न सफल वित्तीय संस्थाहरू र आफ्ना ग्राहकहरूलाई उत्कृष्ट उत्पादन तथा सेवा दिने कम्पनीलाई प्रदान गरिँदै आएको छ। यस अवार्डमा लगभग १०० निर्णायक मण्डलहरूले निष्पक्ष निर्णय गरेको थियो।