BIZMANDU
www.bizmandu.com

म्याग्नस फर्माले एकै वर्ष गर्‍यो १ अर्ब १२ करोड कारोबार, ६० करोड लगानीमा नयाँ प्लान्ट लगाउँदै

२०७९ असोज ६

म्याग्नस फर्माले एकै वर्ष गर्‍यो १ अर्ब १२ करोड कारोबार, ६० करोड लगानीमा नयाँ प्लान्ट लगाउँदै
म्याग्नस फर्माले एकै वर्ष गर्‍यो १ अर्ब १२ करोड कारोबार, ६० करोड लगानीमा नयाँ प्लान्ट लगाउँदै


काठमाडौं। औषधि उत्पादन गर्ने म्याग्नस फर्मा प्रालिले एकै वर्ष एक अर्ब १२ करोड रुपैयाँ कारोबार गरेको छ।

Tata
GBIME
Nepal Life

रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले अघिल्लो वर्ष २०२०/२१ को तुलनामा २०२१/२२ मा १० करोड ४० लाख रुपैयाँ बढीको व्यापार गरेको छ। 

२०२० मा कम्पनीले ८० करोड ९० लाख रुपैयाँ र २०१९ मा ६५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो। बारामा औषधि प्लान्ट रहेको म्यागनसले ६० करोड रुपैयाँको अनुमानित लागतमा नयाँ उत्पादन युनिट बनाउँदै छ। ३७ करोड ७० लाख रुपैयाँ बैंकिङ कर्जा र बाँकी प्रोमोटरहरुले इक्विटी लगानी गर्ने बताइएको छ। २०२३ सेप्टेम्बरबाट उक्त प्लान्टबाट व्यवसायिक उत्पादन थाल्ने तयारी कम्पनीको छ। 

कम्पनीले एन्टी डायबेटिक, एन्टी हाइपरटेन्सिभ र एन्टिसाइकोटिक सेग्मेन्टका औषधि उत्पादन गर्छ। 

कम्पनीले ९० करोड ८९ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि केयर रेटिङ्स नेपालबाट रेटिङ गराएको छ। ५० करोड ८९ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि एनपी ट्रिपल बी र २५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए थ्री प्लस रेटिङ पाएको छ। 
यस्तै, १५ करोड रुपैयाँको दीर्घकालीन/अल्पकालीन कर्जाका लागि कम्पनीले एनपी ट्रिपल बी र ए थ्री प्लस रेटिङ दिएको छ।