BIZMANDU
www.bizmandu.com

दायरा विस्तारमा पठाओ, शनिबारबाट चितवनमा पनि सेवा सुरु गर्दै

२०७९ असोज ६

काठमाडौं। राइड सेयरिङ प्लाटफर्म पठाओले स्थापना भएको चार वर्षमा चितवनमा सेवा विस्तार गर्ने भएको छ। काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओले आउँदो असोज ८ गतेबाट चितवनमा सुरु गर्न लागेको जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले बिहीबार औपचारिक घोषणा गर्दै सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गर्ने जनाएको छ। यो प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको बताउँदै पठाओ नेपालका प्रवक्ता सुरक्षा हमालले भनिन्,’ चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पुरा भइसकेका छन्। पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ ।आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ।’

चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुर कान्ती चोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने उनले जानकारी दिइन्।

कम्पनीको बिमा अन्तर्गत हरेक यात्रामा एक लाख सम्मको उपचार बीमा र १० लाखसम्मको दुर्घटना बीमाको सुबिधा उपलब्ध रहेको जनाइएको छ। पठाओमा कागजात प्रमाणिकरण र तालीम पश्चात् मात्रै राइडर्हरुले सेवा प्रदान गर्ने भएकोले सबै राइडहरू प्रशिक्षित, प्रमाणित र भरपर्दो रहेको जनाइएको छ ।

सेवा उपभोग गर्दा कुनै समस्या परे २४ सौ घण्टा कल–सेन्टरमा सम्पर्क गरि गुनासो तथा उजुरी गर्न सकिने कम्पनीले जनाएको छ। सन् २०१८ सेप्टेम्बरमा बाइकमा राइड सेयरिङ मार्फत सेवा दिइरहेको पठाओले २०१९ अगस्टमा कार लाइट अर्थात् ट्याक्सी सेवा जोडेको हो । भने राइड सेयरिङ सुरू गरेको दुई वर्षपछि सेप्टेम्बर २०२० मा पठाओले होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै काठमाडौमा ‘पठाओ फुड’ समेत सुरू रहेको हो।