BIZMANDU
www.bizmandu.com

सिद्धार्थ क्यापिटलको लाभांश घट्यो, ११औं साधारणसभामा २५ प्रतिशत वितरण प्रस्ताव गर्दै

२०७९ असोज ६

सिद्धार्थ क्यापिटलको लाभांश घट्यो, ११औं साधारणसभामा २५ प्रतिशत वितरण प्रस्ताव गर्दै
सिद्धार्थ क्यापिटलको लाभांश घट्यो, ११औं साधारणसभामा २५ प्रतिशत वितरण प्रस्ताव गर्दै

काठमाडौं। सिद्धार्थ क्यापिटल लिमिटेडले सेयरधनीलाई दिने लाभांश यसपटक घट्ने भएको छ।

Tata
GBIME
Nepal Life

गत वर्ष ४० प्रतिशत दिएको क्यापिटलले यसपटक २५ प्रतिशत मात्रै वितरण गर्न प्रस्ताव ११ औं साधारणसभामा लैजाने भएको हो।

कम्पनी सञ्चालक समितिले असोज २८ गतेका लागि साधारणसभाको मिति तोकेको छ। समितिको १५६औं बैठक गत भदौ १८ मा भएको थियो।

सभा क्यापिटलको कार्यालय काठमाडौंको नक्सालमा गरिने भएको छ। 

सभामा क्यापिटलले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ।

यस्तै यस सभाबाट सञ्चालकको भत्ता वृद्धि गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्त गर्ने लगायत विभिन्न प्रस्तावहरु पारि गरिने छ।