BIZMANDU
www.bizmandu.com

बाख्रा बीमालेख संशोधन, किसानको दुई लाखसम्म दुर्घटना बीमा, अरु के भए संशोधन ?

२०७९ असोज ५

काठमाडौं। बीमा समितिले नयाँ बाख्रा बीमालेख संशोधन गरेको छ। कृषि तथा पशुपन्छी बीमा अन्तर्गत हाल प्रचलनमा रहेको बाख्रा बीमालेख संशोधन गरी नयाँ बाख्रा बीमालेख जारी गरेको  समितिले जनाएको छ।

Tata
GBIME
Nepal Life

बाख्रा बीमालेख खरीद गर्दा दुर्घटना बीमा वापत बीमाशुल्क प्रति बीमित ५ सय बीमाशुल्क बुझाउनु पर्नेछ।  यसरी बुझाइएको बीमाशुल्क वापत बीमित बाख्रापालक किसानको २ लाखको दुर्घटना बीमा हुने समेत व्यवस्था संशोधनमा रहेको छ। 

समितिका अनुसार यो बीमालेखले अग्निजन्य क्षति ,हावाजन्य ,पानीजन्य ,भूमिजन्य ,चट्याङ्जन्य, रोगजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य  कारणहरुबाट हुने क्षतिको रक्षावरण गर्ने छ। 

बीमा गरिएको बाख्रा पालिएको ठाउँभन्दा भिन्नै भौगोलिक क्षेत्रमा स्थानान्तरण गर्न परेमा बीमकबाट पुर्व स्वीकृति लिनुपर्नेछ। यदि बीमा कम्पनीबाट पूर्व स्वीकृत नलिई स्थानान्तरण गरिएको हकमा क्षति भएमा दाबी भुक्तानी नपाइने उल्लेख छ। 

त्यस्तै, एक महिनादेखि ३ महिनासम्मको पाठा पाठीको हकमा बीमाङ्क रकमको साता प्रतिशत बीमाशुल्क लाग्ने भएको छ।
तीन महिनामाथि देखि पाँच वर्षसम्मका बाख्राको हकमा पाँच प्रतिशतका दरले बीमाशुल्क लाग्नेछ। सात वर्षसम्का बाख्राको हकमा सात प्रतिशतका दरले बीमाशुल्क लाग्ने समितिले जनाएको छ ।

बाख्रा बीमा सामुहिक रुपमा गर्न सकिने व्यवस्था छ। बीमालेख अन्तर्गत कुनै दावी नपरेको अवस्थामा प्रथम पटक नवीकरण ५ प्रतिशत छुट पाइने,दोस्रो पटक ७ प्रतिशत र तेस्रो पटक नवीकरण गर्दा बीमाशुल्कको १० प्रतिशत दावी रहित छुट प्रदान गर्ने बीमालेखमा उल्लेख छ।