BIZMANDU
www.bizmandu.com

ग्यापुले ल्यायो दसैंलक्षित अफरका योजना, खरिदमा ५० प्रतिशतसम्म छुट पाइने

२०७९ असोज ३

काठमाडौं। नेपाली अनलाइन सपिङ प्लाटफर्म ग्यापु डटकमले दसैंलक्षित आकर्षक अफरसहितका योजना सार्वजनिक गरेको छ।

Tata
GBIME

योजनाअन्तर्गत ग्राहकले विभिन्न सामान खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। यो अनलाइन सपिङमार्फत ग्राहकले दैनिक सपिङ विजेता घोषणा गरेर आकर्षक उपहार पाउन सक्ने कम्पनीका हेड अफ अपरेसन सुजनी केसीले बताइन्।

असोज ३ देखि १० गतेसम्म चल्ने यो योजनाअन्तर्गत ग्राहकहरुले घरायसी सामाग्री, कपडा, शृंगारको सामाग्री, बच्चाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा आकर्षक छुट पाउने उनले जानकारी दिइन्।

यसैगरी एनआइसी एसिया ब‌ैंकको एप र कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम ५ सय रुपैयाँ) क्यासब्याक, हिमालय बैंकको एप र कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम १ हजार), एनसीसी बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशत (अधिकतम २ हजार) र माछापुच्छ्रे बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म (अधिकतम १ हजारसम्म) क्यास ब्याक पाउने कम्पनीले जनाएको छ।
सामान खरिद गर्दा इसेवाबाट भुक्तानी गर्ने ग्राहकमध्ये दैनिक दुई जना ग्राहकले लक्की ड्रमार्फत गिफ्ट भौचर पाउने कम्पनीका हेड अफ बिजनेस अभिमन्यु शर्माले बताए।

ग्राहकले ग्यापुमार्फत सामान खरिद गर्दा फोन पे, आइएमइ पे, कनेक्ट आइपीएस, इ-सेवा, प्रभु पे र जुनसुकै बैंकको मोबाइल बैकिङबाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्ने उनले जानकारी दिए।

विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधा उपलब्ध गराइएको यो अनलाइन सपिङमा ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले जनाएको छ।