BIZMANDU
www.bizmandu.com

अमेरिकन ब्रान्ड जीपले ३ वटा अफ रोड इलेक्ट्रिक एसयुभी ल्याउदै, फुल चार्जमा ६०० किमि चल्ने

२०७९ भदौ ३१

काठमाडौं। अमेरिकन ब्रान्ड जीपले तीनवटा अफ रोड  इलेक्ट्रिक एसयुभी ल्याउने भएको छ। कम्पनीका अनुसार तीन इलेक्ट्रिक मोडल सन् २०२४ सम्ममा उत्पादन हुनेछन्।

Tata
GBIME
Nepal Life

जिपले २०३० सम्ममा युरोपमा विद्युतीय सवारीहरूको मात्र बिक्री गर्ने योजनामा सामेल हुन विद्युतीयतर्फ लगानी गर्न लागेको दाबी गरेको छ। साथै कम्पनीले अमेरिकामा यसको आधा बिक्री त्यो समयसम्म सबै इलेक्ट्रिक हुने जनाएको छ।

जीपले हाल अमेरिकामा दुईवटा प्लग-इन हाइब्रिड रेन्ग्लर फोरएक्सई र ग्रान्ड चेरोकी फोरएक्सई मोडेलहरु बिक्री गर्दै आएको छ। रेन्ग्लर फोरएक्सई अमेरिकामा सबैभन्दा धेरै बिक्री हुने प्लग-इन हाइब्रिड गाडी हो। युरोपमा जीपसँग जीप रेन्ग्लर र कम्पास मोडलका साना एसयुभीहरूको प्लग-इन हाइब्रिड संस्करणहरू पनि उपलब्ध छन्।

जीपका अनुसार 'रेकन' मोडल इलेक्ट्रिक गाडीको रूपमा मात्र उपलब्ध हुनेछ। यसमा हुडमुनि स्टोर गर्ने क्षेत्र हुनेछ जहाँ इन्धनबाट संचालित एसयुभीका इन्जिन हुने गर्छन। गाडीको पूर्ण विवरण भने कम्पनीले अर्को वर्ष बताउने जानकारी दिएको छ। यो २०२४ देखि उत्पादनमा जाने योजना रहेको कम्पनीले जनाएको छ।

यो रेन्ग्लरसँग मिल्दोजुल्दो छ। तर रेकनले त्यो गाडीलाई प्रतिस्थापन नगर्ने कम्पनीको भनाइ छ। नयाँ जीप विद्युतीय सवारी साधनहरूमा जीपको प्रसिद्ध 'सेभेन स्लट ग्रिल' को केही संस्करणहरू छन्। तर विद्युतीय सवारीहरूलाई वास्तवमा त्यस्ता ग्रिलहरू आवश्यक पर्दैन।

जीपले नयाँ ठूलो इलेक्ट्रिक एसयुभी पनि प्रदान गर्नेछ जुन ब्रान्डको कोड-नेम 'वागनियर एस' हो। यो गाडीमा स्लीक एरोडायनामिक डिजाइन र फोर ह्वील ड्राइभ क्षमतामा उपलब्ध हुनेछ। यसले एक पटकको फुल चार्जमा ६०० किलोमिटर यात्रा गर्न सक्नेछ।

युरोपमा जीपले अर्को 'एभेन्जर' इलेक्ट्रिक उत्पादन गर्नेछ। हालको जीप रेनेगेड भन्दा सानो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुनेछ। जीपले अमेरिकामा ल्याउन लागेको यो सबैभन्दा सानो मोडलको इलेक्ट्रिक एसयुभी हो। यसले फुल चार्जमा ४०० किलोमिटर यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।

जीपका अनुसार यो एभेन्जर मोडल अक्टोबरमा पेरिस मोटर शोमा अनावरण गरिनेछ। जीपले अमेरिका वरिपरि अफ-रोड ट्रेलहरूमा ८० वटा सौर्य ऊर्जाबाट चल्ने विद्युतीय सवारी साधन चार्जरहरू स्थापना गर्ने योजना पनि बनाएको छ।