BIZMANDU
www.bizmandu.com

लघुवित्त संस्था खारेज गर्न माग, बैंकर्स संघ र लघुवित्त मिलेर गरिबलाई शोषण गरेको आरोप

२०७९ भदौ ३०

काठमाडौं। लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समितिले सरकारसँग लघुवित्त संस्थाहरु खारेज गर्न माग गरेको छ।

Tata
GBIME
Nepal Life

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले सरकारसँग खारेजीको माग गरेको हो।

पत्रकार सम्मेलनमा संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त संस्था र नेपाल बैंकर्स संघले आर्थिक र सामाजिक रुपान्तरणको नाममा जनतालाई शोषण गरेको आरोप लगाए।

उनले  लघुवित्त संस्थाहरुले राष्ट्र बैंकको 'घ वर्ग' को ट्याग लगाएर नेपाली जनतालाई सुकुम्वासी बनाउन खोजेको आरोप लगाए। 

उनले लघुवित्त बैंकर्स संघले जनतालाई आर्थिक शोषण गरेकाले वार्ताबाट भागेको आरोप लगाए। अध्यक्ष ज्ञवालीले वित्तीय व्यवस्थाविरुद्ध नभएर वित्तीय नीति सुधार लघुवित्त संस्था खारेज हुनुपर्छ भनेर आन्दोलन गरेको बताए।

उनले लघुवित्त संस्थाहरुले गलत तरिकाले लगाएको ऋण मिनाहा गर्नुपर्ने बताए।