BIZMANDU
www.bizmandu.com

निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीका लागि जागिर खुल्यो, तलब ५० हजार

२०७९ भदौ २६

काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनाव सुरक्षाका लागि आवेदन खुलाएको हो।

Tata
GBIME
Nepal Life

आइतबार प्रकाशित सूचना अनुसार १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरी जागिरका लागि आवेदन दिन पाउनेछन् । प्रहरीका लागि यसअघि नै म्यादी प्रहरी भैसकेका व्यक्तिले प्रमुख प्राथिकता पाउनेछन्। यस्तै पुर्व प्रहरी, शसस्त्र र नेपाली सेनालाई समेत प्राथमिकतामा राखिएको छ। 

कार्यालयका अनुसार असोज १४ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ। दरखास्त फारम देशका सबै प्रहरी कार्यालयहरुमा पाइनेछ। 

सेवा सुविधाको हकमा म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रुपैंया पारिश्रमिक तोकिएको छ। जसमा ४० दिनको कुल ३४ हजार ७ सय ६० प्राप्त गर्नेछन्। यस्तै खाद्यान्नका लागि ७२ सय र पोसाकका लागि ७ हजार खर्च उपलब्ध हुनेछ। एक म्यादी प्रहरी बराबर ४८ हजार ९ सय ६० रुपैंया खर्च हुनेछ।

यसरी सरकारले कुल म्यादी प्रहरीका लागि ५ अर्ब ६३ करोड ४ लाख रुपैंया खर्च गर्नेछ।