BIZMANDU
www.bizmandu.com

लाइसेन्स छाप्ने जिम्मा पाएको मद्रास सेक्युरिटीको फेरि बदमासी, सम्झौता अनुसार गरेन काम


लाइसेन्स छाप्ने जिम्मा पाएको मद्रास सेक्युरिटीको फेरि बदमासी, सम्झौता अनुसार गरेन काम
लाइसेन्स छाप्ने जिम्मा पाएको मद्रास सेक्युरिटीको फेरि बदमासी, सम्झौता अनुसार गरेन काम


काठमाडौं। लाइसेन्स छाप्ने ठेक्का पाएको मद्रास सेक्युरिटी प्रिन्टर्स चेन्नई इन्डियाले ९० प्रतिशत भुक्तानी लिएपछि प्रतिवद्धता अनुसार काम गर्न छाडेको छ। गलत नियतसहित भित्रिएको यो कम्पनीले सम्झौता अनुसार काम गरेको छैन।

Vigo
GBIME
Tata

सम्झौता अनुसार काम नभएपछि यातायात व्यवस्था विभागले पटकपटक ताकेता गरेको छ। तर कम्पनीले त्यसलाई वेवास्ता गर्दै आएको छ। यो कम्पनीले ९० प्रतिशत भुक्तानी पाएपछि अहिले त विभागले पठाएको पत्रको जवाफ समेत दिन छाडेको छ। मद्रासका कारण जनताले दैनिक सास्ती भोगेका छन् भने यातायातका कर्मचारीले वित्थामा आरोपित हुनुपरेको छ।

विभागले भदौ १६ (सेप्टेम्बर १) मा कम्पनीलाई सिस्टममा धेरै समस्या आइरहेको भन्दै समाधानका लागि प्राविधिक टोली खटाइदिन पत्र लेखेको थियो।

विभागले पटक-पटक ताकेता गर्दा पनि कम्पनीले सम्झौता बमोजिमका प्राविधिक टोलीहरु लगायत पठाउन बेवास्ता गरी काम गर्न ढिला गरेको भन्दै पत्रमा उल्लेख छ। विभागका अनुसार हाल उक्त कम्पनीले सफ्टवेयरको ६ वटा काम पुरा गर्न नसकेको जनाएको छ।

विभागले कम्पनीलाई लेखेको पत्रमा टीएमओ/ टीएमएसओ, मोडुअल्स पनि राम्रोसँग काम नगरेको, लेभल पनि प्रपर रुपमा नरहेको, कर तथा बीमाको अनलाइन पेमेन्ट नहुने, सिस्टममा बगहरु अझै रहेको र सेक्युरिटी सिस्टममा लुपहोल समेत रहेको बताइएको छ। साथै विद्युतीय ड्राइभिङ लाइसेन्सको लागि पनि अहिलेसम्म सेक्युरिटी अडिट नभएको उक्त पत्रमा उल्लेख गरिएको छ। यसले गर्दा विभागले सुरु गरेको अनलाइन सिस्टम (ईडीएल र भीआरएस)मा काम हुन सकेको छैन।

यस्तै विभागका अनुसार उक्त कम्पनीले सम्झौता बमोजिम प्राविधिक सहयोगका लागि दक्ष जनशक्ति समेत नपठाएको कारण १८ वटा टीएमएसको काम हुन नसेको जनाएको छ। कम्पनीले कम्पनीले सफ्टवयर प्रोजेक्ट म्यानेजर, सिनियर र जुनियर वेभ जाभा प्रोग्रामर, डेटावेस स्पेसियालिस्ट तथा क्वालिटी यासुरेन्स स्पेसियालिस्टहरु विभागमा उपलब्ध गराउन पर्ने थियो। तर त्यो प्रक्रिया अहिलेसम्म पुरा नगरेको उक्त पत्रमा उल्लेख गरिएको छ।

विभागले २०२१ डिसेम्बरमा पनि मद्रासलाई यसै सम्बन्धमा पत्र लेखेको थियो। यस्तो समस्या हुँदाहुँदै पनि उक्त कम्पनीले ७० करोड रुपैयाँको भुक्तानी पाएको थियो।

अनलाइन सिस्टममार्फत हुँदै आएको सवारीचालक अनुमति पत्र र सवारी दर्ता नवीकरणसम्बन्धी कामका लागि लागि चाहिने सफ्टवेयर तथा हार्डवेयर उक्त कम्पनीले पूर्णरूपमा जिम्मा लगाएको छैन। यसमा सधै समस्या आउने गरेको छ। प्राविधिक जनहक्तिको पनि कमी रहेको विभागले जनाएको छ।

सम्झौताअनुसार काम सम्पन्न नगरे पनि ९० प्रतिशत भुक्तानी पाइसकेको मद्रास सेक्युरिटीले बाँकी १० प्रतिशत भुक्तानी नपाएको कारण देखाउँदै यातायातको अनलाइन सिस्टम (ईडीएल र भीआरएस)मा फूल एक्सेस दिएको छैन।

अनलाइन सिस्टममार्फत हुँदै आएको सवारीचालक अनुमतिपत्र र सवारी दर्ता नवीकरणसम्बन्धी कामका लागि लागि चाहिने सफ्टवेयर तथा हार्डवेयर उक्त कम्पनीले पूर्णरूपमा जिम्मा लगाएको छैन।

यस्तै यो कम्पनीले ९ अर्ब अन्तःशुल्क स्टिकर छाप्न पनि ठेक्का प्रक्रियामा सहभागी भएको थियो।