BIZMANDU
www.bizmandu.com

पिपुल्स हाइड्रोपावरले आयोजना प्रभावितलाई ३२ लाख आइपीओ जारी गर्दै, भदौ ३१ देखि आवेदन दिन सकिने

२०७९ भदौ २३

काठमाडौं। पिपुल्स हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीको आइपीओमा भदौ ३१ गतेदेखि आवेदन दिन सकिनेछ।

Tata
GBIME
Nepal Life

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशत प्रभावित क्षेत्रका स्थानीयलाई जारी गर्दैछ। स्थानीयले ३२ लाख कित्ता आइपीओका लागि आवेदन दिन सक्नेछन्। 

जसमध्ये दोर्दी गाँउपालिका वडा नं ६ र ७ का स्थानीयले ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता पाउनेछन्। बाँकी २२ लाख ४० हजार कित्ता लमजुङ जिल्लाका बासिन्दाको हिस्सा हो। 

स्थानीयले घटीमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन छिटोमा असोज १४ गतेसम्म दिनुपर्नेछ।

कम्पनीले ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजना 'ख' निर्माण गर्दैछ। निर्माण अवधिको ब्याजसहित आयोजनाको प्रति मेगावाट लागत १९ करोड २४ लाख रुपैयाँ छ।