BIZMANDU
www.bizmandu.com

दसैंको लागि बसको टिकट खुलाउन आज बैठक बस्दै, असोज १ गतेदेखि खुलाउन प्रस्ताव

२०७९ भदौ २२

दसैंको लागि बसको टिकट खुलाउन आज बैठक बस्दै, असोज १ गतेदेखि खुलाउन प्रस्ताव
दसैंको लागि बसको टिकट खुलाउन आज बैठक बस्दै, असोज १ गतेदेखि खुलाउन प्रस्ताव

काठमाडौं। दसैंका लागि असोज १ गतेदेखि बसको टिकट बिक्री खुलाउन आज बैठक बस्ने भएको छ।

Tata
GBIME
Nepal Life

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार, आज २ बजे टिकटका बारेमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सडक विभाग लगायत सम्बन्धित निकायबीच छलफल गर्न लागिएको हो।

उनले असोज १ गतेदेखि बसको टिकट बुकिङ खुलाउने प्रस्ताव बैठकमा लगिने जानकारी दिए।

'असोज १ गतेबाट बसको टिकट खुलाउँदा राम्रो हुन्छ। बाटोहरुको अवस्थाहरु पनि यो समयमा थाहा हुन्छ,' उनले भने, 'पानी भदौ अन्तिमसम्म मात्र पर्ने सम्भावना रहेकाले हामीले यस्तो प्रस्ताव गर्न लागेका हौं।'

उनका अनुसार गाडी कम भएको रुटमा थप गरिएका छन्।

'यस्तै भाडाको विषयमा स्वचालित प्रणाली लागु भएकाले यसपालि दसैंमा बढ्ने छैन,' उनले भने।