BIZMANDU
www.bizmandu.com

साउनमा बीमा शुल्क आर्जनमा राष्ट्रिय बीमा कम्पनी अगाडि, त्यसपछि शिखर र हिमालयन

२०७९ भदौ २०

साउनमा बीमा शुल्क आर्जनमा राष्ट्रिय बीमा कम्पनी अगाडि, त्यसपछि शिखर र हिमालयन
साउनमा बीमा शुल्क आर्जनमा राष्ट्रिय बीमा कम्पनी अगाडि, त्यसपछि शिखर र हिमालयन

काठमाडौं। गत साउनमा राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ। करिब ७ वर्षदेखि लेखापरीक्षण समेत नगरी बसेको सरकारी कम्पनी नयाँ वर्ष सुरु भएसँगै राम्रो व्यवसाय गर्न सफल भएको हो। 

Tata
GBIME

बीमा समितिले जारी गरेको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा १९ निर्जीवन बीमा कम्पनीले ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। 

जसमा सबैभन्दा धेरै आर्जन गर्नेमा राष्ट्रिय बीमा कम्पनी छ। उक्त कम्पनीले साउन महिनामा ८४ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो।

दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले सोही अवधिमा ३५ करोड ५२ लाख रुपैयाँको बीमा शुल्क कमाएको छ।

निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा पहिले मर्जरमा गएर एकीकृत कारोबार गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्स तेस्रो स्थानमा छ। हिमालयनले चालु आर्थिक वर्षको पहिलो महिनामा ३३ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

धेरै बीमा शुल्क आर्जनमा चौथो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले एक महिनामा ३२ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।सिद्धार्थ इन्स्योरेन्सले ३० करोड ६२ लाख र नेको इन्स्योरेन्सले २७ करोड १० लाख रुपैयाँ बीमा शुल्क उठाएको छ।

त्यस्तै एनएलजी इन्स्योरेन्स २३ करोड, प्रिमियर २१ करोड २५ लाख, दी ओरियन्टल १९ करोड ५८ लाख र नेशनल इन्स्योरेन्सको १७ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क उठेको छ।

सबैभन्दा कम आर्जन गर्नेमा प्रभु इन्स्योरेन्स परेको छ। प्रभुले १० करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको समितिले जनाएको छ।

यस्तो छ गत साउनमा कम्पनीहरुको बीमा शुल्क आर्जन