काठमाडौं। नेपाल धितोपत्र बोर्डले प्रभु क्यापिटल लिमिटेड सहित ६ वटा मर्चेन्ट बैकलाइ विशिष्टीकृत लगानी कोष(पीईभीसी) लागी स्वीकृती दिएको छ।
बोर्डले आइतबार एक कार्यक्रम आयोजना गरी विभिन्न ६ वटा मर्चेन्ट बैकरलाई कोष व्यवस्थापकको प्रमाणपत्र दिएको छ। अनुमति पाउने मर्चेन्ट बैंकहरुमा प्रभु क्यापिटल,एनआईबिएल एस क्यापिटल, एनएमबि क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल ईन्भेष्टमेण्ट क्यापिटल, एनआईसी एसिया क्यापिटल रहेका छन् ।
यस अघि ग्लोबल ईक्विटी फण्ड र अवसर ईक्विटी फण्डले स्वीकृति पाएका थिए। योसँगै नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटल जस्ता नवीनतम सेवाहरु प्रदान गर्ने बाटो खुलेको छ।
नवीनतम ज्ञान, सीप क्षमता भएका नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय नवीनतम उद्यम व्यवसायलाई संचालन गर्न बाटो खुलेको प्रभु क्यापिटलका सिइओ दिनेश थकालीले बताए।
कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता तथा नेपाली तथा गैरआवासीय नेपाली लगायतले लगानी गर्न सक्नेछन्।