BIZMANDU
www.bizmandu.com

गत साउनमा जीवन बीमा कम्पनीहरुले आर्जन गरे १५ अर्ब बीमाशुल्क, कसको कति ?

२०७९ भदौ १९

काठमाडौं। १५ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो महिनामा १५ अर्ब रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन्।

Tata
GBIME
Nepal Life

बीमा समितिद्वारा जारी आर्थिक वर्ष २०७९/७० को वित्तीय विवरणमा जीवन बीमा कम्पनीहरुले १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको उल्लेख छ। गत वर्ष सोही अवधिमा कम्पनीहरुले १६ अर्ब बराबरको कारोबार गरेका थिए।

वित्तीय विवरण अनुसार सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा यो वर्ष पनि नेपाल लाइफ इन्स्योरेन्स अगाडि छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिनामा ४ अर्ब ७७ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको हो। कम्पनीले गत वर्षकै हाराहारीमा बीमा शुल्क आर्जन गरेको छ।

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीको दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेसन छ। कम्पनीले सो अवधिमा १ अर्ब ८८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष एक अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो।

तेस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स छ। कम्पनीले साउन महिनामा मात्र १ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क कमाएको छ। गत वर्ष १ अर्ब ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो।

चौथो स्थानमा युनियन लाइफ छ। कम्पनीले ८० करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। त्यसैगरी एसियन लाइफ इन्स्योरेन्सले ७० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने सुर्या लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ५४ करोड रुपैयाँ छ।

सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा नयाँ कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सको छ। कम्पनीले चालु आर्थिक वर्षको साउन महिनामा १६ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।

साउन महिनामा १९ जीवन बीमा कम्पनीहरुले आर्जन गरेका कुल बीमा शुल्क

बीमा कम्पनी  कुल बीमा शुल्क (रु लाखमा)
नेपाल लाइफ इन्स्योरेन्स   47736.91
लाइफ इन्स्योरेन्स कर्पोरेसन 18849.08
नेशनल लाइफ इन्स्योरेन्स 16155.7
युनियन लाइफ 8038.95
एशियन लाइफ 7069.76
सुर्या लाइफ 5407.9
सिटिजन लाइफ 5197.2
राष्ट्रिय बीमा संस्थान 5020.98
मेट लाइफ 4832.4
प्राइम लाइफ 4623.76
ज्योती लाइफ 4038.46
गुराँस लाइफ 4037.37
सन नेपाल लाइफ 3942.08
आइएमई लाइफ 3823.19
रिलायन्स लाइफ 3015.2
रिलायबल लाइफ 2921.14
प्रभु लाइफ 2344.83
सानिमा लाइफ 1873.3
महालक्ष्मी लाइफ 1646.05