BIZMANDU
www.bizmandu.com

अमेरिकामा बेरोजगारी दर कोरोना अघिकै जस्तो अवस्थामा, रोजगारीका अवसरको अनुपातमा संख्या घटेन    

२०७९ भदौ १८

अमेरिकामा बेरोजगारी दर कोरोना अघिकै जस्तो अवस्थामा, रोजगारीका अवसरको अनुपातमा संख्या घटेन    
अमेरिकामा बेरोजगारी दर कोरोना अघिकै जस्तो अवस्थामा, रोजगारीका अवसरको अनुपातमा संख्या घटेन    

वासिङ्टन। अमेरिकामा बेरोजगारी बढेको छ। अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो।

गत महिना अमेरिकी रोजगारदाता कम्पनी तथा फर्महरूले तीन लाख १५ हजार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराएको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ।

गत जुलाईमा यो सङ्ख्या पाँच लाख २६ हजार पुगेको थियो। जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो सङ्ख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए।

बेरोजगारहरूको सङ्ख्या महामारी पूर्वको अवस्थामा पुगेपछि रोजगारीका अवसरहरूको खोजी नै कम हुनुलाई मन्त्रालयले स्वाभाविक भनेको छ। तर अघिल्लो महिना ३.५ प्रतिशतमा झरेको बेरोजगारी दर अगष्टमा बढेर ३.७ प्रतिशतमा पुगेको थियो।  (रासस/एएफपी)