BIZMANDU
www.bizmandu.com

भदौ २३ गतेदेखि २७ गतेसम्म फर्निचर तथा फर्निसिङ एक्स्पो हुँदै, विदेशी उत्पादन प्रतिस्थापन गर्ने

२०७९ भदौ १६

भदौ २३ गतेदेखि २७ गतेसम्म फर्निचर तथा फर्निसिङ एक्स्पो हुँदै, विदेशी उत्पादन प्रतिस्थापन गर्ने
भदौ २३ गतेदेखि २७ गतेसम्म फर्निचर तथा फर्निसिङ एक्स्पो हुँदै, विदेशी उत्पादन प्रतिस्थापन गर्ने

काठमाडौं। नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भदौ २३ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ सामग्रीको वृहत प्रर्दशनी हुने भएको छ।

Tata
GBIME
Nepal Life

 संघले बिहीबार पत्रकार सम्मेलन गर्दै आयात प्रतिस्थापन र नेपाली उत्पादनको प्रवर्द्धनमा टेवा पुर्‍याउने फर्निचर एक्स्पोको उद्देश्य रहेको छ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्न लागिएको बताए।

जोशीले फर्निचरजन्य सामग्री बनाउनको लागि काँठ नेपालमा नै पाइने बताए। उनले नेपालमा नै धेरै काँठ भएपनि विदेशबाट काँठ आयात गरेर फर्निचर बनाउनुपर्ने बाध्यता रहेको बताए।

अध्यक्ष जोशी नेपालको काँठ किन्न र विदेशबाट आयात गर्न उस्तै मूल्यपर्ने बताए। नले नेपालमा मलेसिया,क्यानडा,अस्ट्रेलिया र भारतबाट आउने गरेको बताए। उनले अहिले नेपालमा उत्पादन हुने काँठ प्रयोग गर्न टेण्डरमा भाग लिन पाउनुपर्ने माग सरकारसँग रहेको बताए।