BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमइको १८ करोड ३६ लाख ऋण उठाउन न्यायाधिकरणले लिलामी थाल्दै, अटोमोबाइल्समा डुब्यो

२०७९ भदौ १४

ग्लोबल आइएमइको १८ करोड ३६ लाख ऋण उठाउन न्यायाधिकरणले लिलामी थाल्दै, अटोमोबाइल्समा डुब्यो
ग्लोबल आइएमइको १८ करोड ३६ लाख ऋण उठाउन न्यायाधिकरणले लिलामी थाल्दै, अटोमोबाइल्समा डुब्यो


काठमाडौं। ऋण असुली न्यायाधिकरणले ग्लोबल आइएमइ बैंकको ‍डुबेको १८ करोड ३६ लाख रुपैयाँ ऋण उठाउन प्रकृया अगाडि बढाएको छ।

Tata
GBIME
NLIC

न्यायाधिकरणले १० दिने सुचना जारी गर्दै ऋण नतिर्ने सपना अटो मोबाइल्स ट्रेडर्सको सम्पति लिलाम गर्ने प्रकृया अगाडि बढाएको हो।

सपना अटो मोबाइल्सले साबिकको जनता बैंकबाट ऋण चलाएको थियो। जनता बैंक ग्लोबल आइएमइ बैंकसँग गाभिइसकेको छ।

सपना अटो मोबाइल्सले पैसा नतिरेपछि २०७४ सालमै मुद्दा हालिएको थियो। न्यायाधिकरणले सोमबारको निर्णय अनुसार सम्पति लिलाम गर्ने प्रकृया अगाडि बढाएको हो।

देवेन्द्रप्रसाद ध्वजुको नाममा दर्ता कामय रहेको बुटवलको जग्गा लिलाम बिक्री गर्न लागिएको हो।