BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले बेच्न चाहेकोभन्दा तीन गुणा बढी माग, ट्रेजरी बिलको औषत ब्याज ९.०९%, २८ अर्ब एसएलएफ

२०७९ भदौ १३

काठमाडौं। नेपाल राष्ट्र बैंकले नवीकरणमार्फत बिक्री गर्न खोजेकोभन्दा तीन गुणा बढी माग आएको छ। राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न राखेको थियो।

Tata
GBIME
Nepal Life

९१ दिने ट्रेजरी बिलका लागि २० संस्थाले १०२ वटा आवेदन दिएका थिए। यसबाट उनीहरुले ९ अर्ब ६९ करोड ५० लाख रुपैयाँ माग गरेका थिए।

ऋणपत्र यसपाली भने बैंक तथा वित्तीय संस्थाले पाएका छन्। बीचमा बढी ब्याज मागे भनेर नवीकरण गर्न राखिएको सरकारी ऋणपत्र राष्ट्र बैंक आफैंले खरिद गर्दै आएको थियो।

सोमबार न्यूनतम ब्याज ८.८९ प्रतिशत, अधिकतम ९.३ प्रतिशत र औषत ब्याज ९.०९ प्रतिशत कायम भएको छ।

सोमबार बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट २७ अर्ब ७८ करोड रुपैयाँ स्थायी तरलता सुविधा सापटी चलाएका छन्। चालु आर्थिक वर्ष मात्र ११ खर्ब ८० अर्ब ७३ करोड सापटी चलाइसकेका छन्। सोमबारसम्मको बक्यौता एक खर्ब ७७ अर्ब ६४ करोड रुपैयाँ छ।