BIZMANDU
www.bizmandu.com

विदेशी मदिरा प्रतिबन्धको असर रेष्टुरेन्ट व्यापारमा, ठूला क्लबको व्यापार २५ प्रतिशतले घट्यो

२०७९ भदौ १२

विदेशी मदिरा प्रतिबन्धको असर रेष्टुरेन्ट व्यापारमा, ठूला क्लबको व्यापार २५ प्रतिशतले घट्यो
विदेशी मदिरा प्रतिबन्धको असर रेष्टुरेन्ट व्यापारमा, ठूला क्लबको व्यापार २५ प्रतिशतले घट्यो

काठमाडौं। विदेशी मदिरामा प्रतिबन्धपछि काठमाडौंका राम्रा रेष्टुरेन्ट, क्लब र पबको व्यापार पनि प्रभावित भएको छ। व्यवसायीका अनुसार रेष्टुरेन्टको व्यापार २५ प्रतिशतसम्म घटेको छ।

Tata
GBIME
Nepal Life

त्रिशारा, लर्ड अफ ड्रिंक्स, हार्ड रक, ब्ल्याक बर्ड, द भिलेज क्याफे, टमरिन, भिल्ला-७२, रम एण्ड डुडल्स लगायत रेष्टुरेन्टको व्यापार प्रभावित भएका छन्।

लर्ड अफ ड्रिंक्स (एलओडी) मा ग्राहक संख्या नघटे पनि विदेशी मदिरा नहुँदा व्यापार भने घटेको संचालक रविन श्रेष्ठले बताए। 'क्लबमा विदेशी मदिराको माग अत्यधिक छ। ती सामान अहिले बजारमै छैन। त्यसले हाम्रो कारोबार घटेको छ,' संचालक श्रेष्ठले बिजमाण्डूसँग भने।

विदेशी मदिरा नहुँदा कारोबार २५ प्रतिशतले घटेको त्रिशाराका संचालक शोभनवीर मालाकारले बताए। 'अढाइ महिनायता व्यवसाय २५ प्रतिशतले खस्किसकेको छ। आफूले भनेको ब्राण्ड नपाएपछि नखाने पनि हुन्छ,' उनले भने।

झम्सिखेलको ट्यामरिनका प्रबन्धक गजेन्द्र बुढाथोकीले विदेशी मदिरा नहुँदा व्यापार प्रभावित भएको बताउँदै स्वदेशी मदिरा मात्रै बेच्नुपरेको बताए। नक्सालको रम डुडल्सले विदेशी मदिरा नहुँदा एक महिनायता व्यापार ३० प्रतिशत घटेको जनाएको छ।

सरकारले विदेशी मुद्रा सञ्चितिका लागि भनेर बन्देज गरे पनि त्यसको दुरगामी असर मूल्यांकन गर्न चुकेको द भिलेज क्याफेका महाप्रबन्धक गजेन्द्र  मल्लले बताए। 'नियमविनै हठात् घोषणा गरेर हुन्छ? त्यसको असर केके हुन्छ भन्ने विचार गर्नुपर्दैन?,' उनले भने, 'नीतिनियमविना लागु गरिने यस्ता प्रतिबन्धले रेस्टुरेन्ट बिजनेस व्यवसाय धरापमा पारेको छ।'