काठमाडौं। सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सीएफओ एच के पार्कले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता थियो।
भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराएको कम्पनीले जनाएको छ। उनले यस प्रकारको पहलहरूले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाहरूको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको बताए ।
सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स (गोल्छा समुह)सँग मिलेर नवलपरासीमा एलइडी टीभी उत्पादन गर्ने कारखाना संचालन गर्ने घोषणा गरिसकेको छ। नेपालमा इलेक्ट्रोनिक्स उत्पादनहरु गर्न यस नयाँ उद्योगबाट बल पुग्नेमा विश्वस्त रहेको सामसङले जनाएको छ। यसका साथैे स्थानीय उत्पादन क्षमता वृद्धि गर्ने र रोजगारीका अवसरहरु सिर्जना गर्ने नेपाल सरकारको नीतिमा पनि मद्दत पुग्ने बताइएको छ।
सामसङले नेपालमा दुई दशकदेखि नेपालमा आफ्नो व्यापार गरिरहेको छ। कम्पनीसँग २ हजारभन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोर र ग्राहक सेवा केन्द्रहरूको बलियो नेटवर्क विस्तार गरिसकेको छ।