BIZMANDU
www.bizmandu.com

महँगो ब्याज मागेपछि फेरि ६३५ करोडको ऋणपत्र राष्ट्र बैंकले किन्यो, औषत ब्याज ९.०२ प्रतिशत

२०७९ भदौ ६

महँगो ब्याज मागेपछि फेरि ६३५ करोडको ऋणपत्र राष्ट्र बैंकले किन्यो, औषत ब्याज ९.०२ प्रतिशत
महँगो ब्याज मागेपछि फेरि ६३५ करोडको ऋणपत्र राष्ट्र बैंकले किन्यो, औषत ब्याज ९.०२ प्रतिशत

काठमाडौं। बैंकहरुले महँगो ब्याज माग गरेपछि राष्ट्र बैंकले सरकारको ऋणपत्र खरीद गरेको छ। नेपाल राष्ट्र बैंकले सोमबार १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न राखेको थियो।

Tata
GBIME

राष्ट्र बैंकले २८ दिने २०० करोड रुपैयाँ, ९१ दिने २२३ करोड ३२ लाख रुपैयाँ, १८२ दिने ६०० करोड रुपैयाँ र ३६४ दिने २०० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न राखेको थियो।

यसमध्ये २८ दिने र ९१ दिने बैंक तथा वित्तीय संस्थाहरुले नै किनेका छन्।

१८२ दिने र ३६४ दिने केही ऋणपत्र भने राष्ट्र बैंक आफैले खरीद गरेको हो। बैंकहरुले २८ दिनको ८.७ प्रतिशत, ९१ दिनको ९.०८ प्रतिशत, १८२ दिनको ९.०२ प्रतिशत र ३६४ दिनको ९.०२ प्रतिशत ब्याज कबुल गरेका थिए। यो औसत ब्याज दर हो।

१८२ दिनको ६०० करोडमध्ये ५८५ करोड राष्ट्र बैंकले नै किनेको हो। साथै ३६४ दिने २०० करोडमध्ये ५० करोड आफैले किनेको हो।