काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले सुयोग श्रेष्ठलाई नै प्रमुख कार्यकारी अधिकृतमा दोहोर्याउने निर्णय गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई अर्को चार वर्षलाई प्रमुख कार्यकारी बनाउने निर्णय गरेको हो।
श्रेष्ठ अनुभवी बैंकर हुन्। श्रेष्ठ सांग्रिला आउनुअघि तत्कालिन एस डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत थिए। एस डेभलपमेन्ट बैंक केही समयअघि नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिइसकेको छ। गाभिएपछि उनी बाहिरिएका थिए।
व्यवस्थापनमा स्नातक तथा चार्टर्ड एकाउन्टेन्टसमेत रहेका श्रेष्ठले हिमालयन बैंकको जुनियर अफिसरबाट बैंकिङतर्फको करिअर सुरु गरेका हुन्।
सन् २००५ मा इन्भेष्टमेन्ट बैंकको सहायक प्रबन्धक तहमा पुगेका उनी २००९ मा तत्कालिन भिवोर बैंक (यो बैंक पनि बिलय भइसकेको छ) को वरिष्ठ प्रबन्धक भएका थिए। त्यसपछि उनी एस डेभलपमेन्ट बैंक पुगेका थिए।