BIZMANDU
www.bizmandu.com

सूर्य नेपालको नाफा करिब साढे ९ अर्ब, एक वर्षमा गर्‍यो साढे २४ अर्ब रुपैयाँको कारोबार

२०७९ भदौ २

सूर्य नेपालको नाफा करिब साढे ९ अर्ब, एक वर्षमा गर्‍यो साढे २४ अर्ब रुपैयाँको कारोबार
सूर्य नेपालको नाफा करिब साढे ९ अर्ब, एक वर्षमा गर्‍यो साढे २४ अर्ब रुपैयाँको कारोबार


काठमाडौं। सूर्य नेपालले २०२१ मा नौ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा गरेको छ। २०२० मा नौ अर्ब ८४ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले २०१९ मा नौ अर्ब ९१ करोड नाफा गरेको थियो। सूर्य नेपालले चुरोट, सलाई, धुपबत्ति र कन्फेसनरी उत्पादन गर्छ।

Tata
GBIME
Nepal Life

सूर्य नेपालले सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किङ्गस, शिखर फिल्टर किङ्स, शिखर आइस रस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्राण्डमा उत्पादन बिक्री गर्छ। चुरोटमा कर बढेकाले कम्पनीको बिक्रीमा असर पर्ने बुझिएको छ। 

यस्तै, कम्पनीले २०२१ एकै वर्ष २४ अर्ब ४९ करोड ३० लाख रुपैयाको कारोबार गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ।
अघिल्लो वर्ष २०२० मा २४ अर्ब ४७ करोड १० लाख रुपैयाँ कारोबार गरेको कम्पनीले २०१९ मा २५ अर्ब १३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। 

कम्पनीले आफ्नो एक सयवटा भन्दा बढी डिस्ट्रिब्यूटरबाट आफ्नो उत्पादन बिक्री गर्छ। 

कम्पनीमा ५९ प्रतिशत स्वामित्व भारतको आइटीसी लिमिटेडको छ। ३९ प्रतिशत सेयर स्वामित्व भने नेपाली लगानीकर्ताहरुको छ। बाँकी दुई प्रतिशत सेयर स्वामित्व भने बेलायतको ब्रिटिस अमेरिकम टोब्याको (इन्भेष्टमेन्ट) लिमिटेडको छ। 

कम्पनीको अध्यक्ष सन्जिव पुरी छन्। रविकुमार रायावरम कम्पनीको प्रबन्ध निर्देशक छन्। 

कम्पनीले पाँच अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन बैंकिङ कर्जाका लागि रेटिङ एजेन्सी केयर रेटिङ्सबाट एनपी ए वान प्लस रेटिङ पुन: पुष्टि गरेको छ।