BIZMANDU
www.bizmandu.com

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई, कार्यालय पनि सर्यो

२०७९ भदौ २

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई, कार्यालय पनि सर्यो
गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई, कार्यालय पनि सर्यो

काठमाडौं। गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन्।

Tata
GBIME

 उनी भदौ १ गतेबाट लागू हुने गरी नियुक्त भएका हुन्। 

भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन्। भट्टराईले गरिमा क्यापिटलको स्थापनाकालदेखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका हुन्। 

गरिमा क्यापिटलले आफ्नो कार्यालय पनि सारेको छ। साविक केसीएल अस्ट्यूट क्यापिटलको कार्यालय हात्तिसारबाट कमलपोखरी स्थित (सिटी सेन्टरको अगाडि– विपरित दिशा) भवनको दोस्रो तल्लामा सारेको हो।