BIZMANDU
www.bizmandu.com

अर्थसचिव कृष्णहरि पुष्करले लिए राष्ट्र बैंक सञ्चालकको सपथ, वित्तीय क्षेत्रको कमजोर पृष्ठभूमि

२०७९ भदौ १

अर्थसचिव कृष्णहरि पुष्करले लिए राष्ट्र बैंक सञ्चालकको सपथ, वित्तीय क्षेत्रको कमजोर पृष्ठभूमि
अर्थसचिव कृष्णहरि पुष्करले लिए राष्ट्र बैंक सञ्चालकको सपथ, वित्तीय क्षेत्रको कमजोर पृष्ठभूमि

काठमाडौं। नेपाल राष्ट्र बैंक सञ्चालक समितिको पदेन सदस्यका रुपमा अर्थ सचिव कृष्णहरि पुष्करले पद तथा गोपनीयताको सपथ लिएका छन्। राजस्व सचिवबाट ६ दिनअघि अर्थसचिवको जिम्मेवारीमा पुगेका उनले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग शपथ लिएका हुन्। 

Tata
GBIME
Nepal Life

अर्थमन्त्रीमा जनार्दन शर्मा पुन: नियुक्त भएपछि मधुकुमार मरासिनीले अर्थसचिवबाट अन्यत्र सार्न माग गरेका थिए। अर्थमन्त्री शर्माले पनि उनलाई रुचाएका थिएनन्। 

अर्थमन्त्रालयका सचिव राष्ट्र बैंकको पदेन सञ्चालक हुने ऐनको व्यवस्था छ। त्यही अनुसार पुष्कर सञ्चालक भएका हुन्। 

अर्थसचिव बनेका पुष्‍कर अर्थको पृष्ठभूमिका होइनन्। राजनीतिक वृत्तलाई रिझाउन सक्ने खुबी भएको मानिने पुष्कर सरकार नेतृत्वको दललाई खुसी पार्ने गरी अर्थसचिवमा आएको एक किसिमको टिप्‍पणी पुष्कर र अर्थमन्त्रालयलाई नजिकबाट बुझेकाहरुको छ।

वित्तीय क्षेत्रसमेत हेर्नुपर्ने दायित्व अर्थसचिवको हुन्छ। यसअघिका अर्थसचिव मरासिनीको पनि आर्थिक तथा वित्तीय क्षेत्रको पृष्ठभूमि बलियो थिएन।