BIZMANDU
www.bizmandu.com

इङ्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने भन्दै धनाढ्य इलन मस्कले ट्‍वीटरमा गरे ठट्टा

२०७९ भदौ १

इङ्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने भन्दै धनाढ्य इलन मस्कले ट्‍वीटरमा गरे ठट्टा
इङ्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने भन्दै धनाढ्य इलन मस्कले ट्‍वीटरमा गरे ठट्टा

अर्बपति इलन मस्कले इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड किन्ने भनेर गरेको ट्‍वीट 'ठट्टा' मात्र भएको जनाएका छन्। बुधबार बिहान ट्‍वीट गर्दै उनले आफू 'म्यान यू' किन्न लागेको मस्कले जनाएका थिए। आफू आधा रिपब्लिकन र आधार डेमोक्रेट भएको भन्दै उनले यस्तो बताएका थिए। त्यसपछि विश्वभरका मिडियामा हेडलाइन बन्यो : म्यानचेस्टर युनाइटेड किन्दै इलन मस्क। 

Tata
GBIME
Nepal Life

असान्दर्भिक ट्वीट गर्नमा लामै इतिहास बनाएका मस्क कहिले कोककोला ट्वीटले चर्चामा आउँछन् त कहिले अरु कुनै ट्वीटबाट। पछिल्लो समय ट्‍वीटर किन्ने भनेर प्रक्रिया अघि बढाएका मस्क पछि हटेका थिए।

बुधबार मस्कले ट्वीट गर्दै लेखेका थिए: म म्यानचेस्टर युनाइटेड किन्दैछु, स्वागत छ। तर, जब उनलाई उनको ट्वीटको गम्भीरताबारे प्रश्न सोधियो उनले प्रत्युत्तरमा भनेका छन् : होइन, यो ट्वीटरमा चलिरहने ठट्टा हो। म कुनै खेलकुदको क्‍लब किन्ने छैन।

जारी सिजन युनाइटेडले लगातार दुई खेलमा पराजय व्यहोर्दै तालिकाको पुछारमा छ। जसका कारण टिमका मालिक अमेरिकन ग्लाजर परिवारमाथि समर्थकहरु आक्रोशित छन्।

मस्कले युनाइटेड आफ्नो बाल्यकालको मनपर्ने क्लब भएको जनाएका छन्। उनले ट्वीटको रिप्लाइमा भनेका छन्: यदि मेरो कुनै क्लब हुन्थ्यो भने त्यो म्यानचेस्टर युनाइटेड नै हुने थियो। उनीहरु मेरो बाल्यकालको मनपर्ने टिम हुन्।