BIZMANDU
www.bizmandu.com

राजपत्रको त्रुटि सच्याउँदै सरकार, वैशाख १२ अघि एलसी खोलिएका गाडीको जाँचपास हुने

२०७९ साउन ३१

राजपत्रको त्रुटि सच्याउँदै सरकार, वैशाख १२ अघि एलसी खोलिएका गाडीको जाँचपास हुने
राजपत्रको त्रुटि सच्याउँदै सरकार, वैशाख १२ अघि एलसी खोलिएका गाडीको जाँचपास हुने

काठमाडौं। सरकारले आयात प्रतिबन्ध लम्ब्याउन प्रकाशित राजपत्रमा सरकारको कानुनी भाषा एक महिनापछि सच्याउने भएको छ।

Tata
GBIME
Nepal Life

सरकारले पछिल्लोपटक गाडीहरुको आयात प्रतिबन्ध लम्ब्याउँदा राजपत्रमा एलसी खोलेको गाडी आयात गर्न पाउने भनेर उल्लेख नगर्दा ८ सय ५० भन्दा बढी प्यासेन्जर भेहिकलको जाँचपास रोकिएको थियो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार वैशाख १२ गते अगाडि एलसी खोलिएका गाडीहरुको भित्र्याउन पाउने उल्लेख गरेर राजपत्र बुधबार प्रकाशित हुनेछ। स्रोतका अनुसार गाडी छुटाउनका लागि भन्सार विभागले पनि सर्कुलर समेत जारी गर्नेछ।

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका अनुसार वैशाख १२ भन्दा अगाडि एलसी खोलिएका ८५० वटा कार, जीप र भ्यान भन्सार विभागले रोकिदिएको छ। नाडा अध्यक्ष ध्रुव थापाले ४ अर्ब ७० करोड बराबरको ८ सय ५० वटा वैशाख अगाडि एलसी खोलिएका कार, जीप र भ्यानहरु भन्सारमा अड्किएको बताए।