BIZMANDU
www.bizmandu.com

कर्मचारीको तलबमान सार्वजनिक, अब कुन तहका कर्मचारीले कति पाउँछन् तलब (सूचीसहित)

२०७९ साउन ३१

कर्मचारीको तलबमान सार्वजनिक, अब कुन तहका कर्मचारीले कति पाउँछन् तलब (सूचीसहित)
कर्मचारीको तलबमान सार्वजनिक, अब कुन तहका कर्मचारीले कति पाउँछन् तलब (सूचीसहित)

काठमाडौं। अर्थमन्त्रालयले कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेटबाट १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए।

Tata
GBIME

तर तहगत आधारमा २५ प्रतिशतसम्म तलब बढाउन मन्त्रिपरिषद्मा पठाएपछि विवाद सुरु भएको थियो। असमान ढंगले कर्मचारीको तलब बढाएको भन्दै नायव सुब्बाहरुले आन्दोलन गरेपछि अर्थमन्त्रालयबाट गएको प्रस्ताव अस्वीकृत गर्दै १५ प्रतिशत नै कार्यान्वयनमा ल्याएको हो।

 त्यसपछि मन्त्रिपरिषदको साउन २६ गते बसेको बैठकले कर्मचारीको तलब बढाउने निर्णय गरेको हो। निर्णय अनुसार निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २०७९ साउन १ देखि लागु हुने गरी तलब बढेको हो। 

यस्तै प्राविधिक ग्रेडका सम्बन्धमा मन्त्रिपरिषदको २०७६ माघ २७ गतेको निर्णय अनुसार व्यवस्था बमोजिम २०७९ साउन १ गतेभन्दा अगाडि नियुक्त भएका प्राविधिक कर्मचारीहरुको हकमा २०७९ साउन १ गतेबाट वृद्धि भएको तलब समावेश गरी एक दिनको तलब बराबरको १ ग्रेडको दरले हुने प्राविधिक २ ग्रेड वापतको रकम उपलब्ध गराउनेछ।