BIZMANDU
www.bizmandu.com

पिपुल्स पावरले २३ लाख कित्ता सेयर आजबाट सर्वसाधारणलाई, यस्तो छ कम्पनीको वित्तीय विवरण

२०७९ साउन ३१

पिपुल्स पावरले २३ लाख कित्ता सेयर आजबाट सर्वसाधारणलाई, यस्तो छ कम्पनीको वित्तीय विवरण
पिपुल्स पावरले २३ लाख कित्ता सेयर आजबाट सर्वसाधारणलाई, यस्तो छ कम्पनीको वित्तीय विवरण

काठमाडौं। पिपुल्स पावर लिमिटेडको आइपीओ बिक्रीका लागि दर्खास्त खुला भएको छ। कम्पनीले आजबाट सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गरेको हो। 

Tata
GBIME
Nepal Life

अंकित मूल्य प्रतिकित्ता १०० का दरले २२ लाख ९४ हजार ६ सय २८ कित्ता साधारण सेयर जारी गरेको हो। 

कम्पनीले आयोजना प्रभावित क्षेत्र, कर्मचारी तथा सामूहिक लगानी कोषलाई साधारण सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि जारी गरेको हो।यी सेयर खरिदका लागि भदौ ५ गतेसम्म आवेदन दिन सकिने छ। लगानीकर्ताबाट पर्याप्त आवेदन नपरे भदौ १४ गतेसम्मका लागि लम्ब्याइने कम्पनीले जनाएको छ। 

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएस एण्ड क्लियरिङको 'मेरो सेयर' एप र वेबसाइटबाट पनि दिन सकिन्छ । 

कम्पनीले जारी पुँजी ६३ करोड २६ लाखको ४९ प्रतिशतले हुन आउने ३१ लख कित्ता साधारण सेयर जारी गरेको हो। जसमध्ये पु्ँजीको १० प्रतिशत अर्थात ६ लाख ३२ हजार ६०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइ बिक्री गरिएको छ। 

उक्त सेयर कम्पनीले अति प्रभावित क्षेत्र इलाम जिल्लाका बासिन्दाका लागि निष्कासन गरि बिक्री गरेको हो। यस्तै बाँकी रहेको ३९ प्रतिशत मध्ये ५ प्रतिशतले हुन आउने १ लाख २३ हजार ३६० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँडफाँट गरिएको छ। कर्मचारीहरुका लागि छुट्याएको २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता पनि बाँडफाँट गरिएको छ। 

सो पश्चात बाँकी रहेको साधारण सेयर मंगलबारदेखि सर्वसाधारणमा बिक्री गर्न लागिएको हो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ। 

यस्तो छ पिपुल्स पावर कम्पनी 
पिपुल्स् पावर लिमिटेडको नाममा कारोबार गर्दै आएको यो कम्पनी २०७३ माघ १३ गते पब्लिक लिमिटेड दर्ता भएको हो। आफ्नो आयोजनाबाट उत्पादित बिजुली बेच्न नेपाल विद्युत प्राधिकरणसँग बिक्री सम्झौता गर्दा (पीपीए) गर्दा 'टेक अर पे' प्रावधानमा आधारित भइ गरेको छ। कम्पनीले आयोजनाबाट उत्पादित विद्युत एकमुष्ठ खरिद गर्ने सम्झौता गरेको छ। जसका लागि २०७५ भदौ ५ मा विद्युत खरिदबिक्री सम्झौता भएको हो। 

यो कम्पनीको संस्थापक सेयरधनीहरु विद्युत, ऊर्जा, बैंक तथा वित्तीय क्षेत्र, स्वास्थ्य, शिक्षा, एवम् व्यापार व्यवसायका साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दख्खल राखेकाहरु छन्। कम्पनीले इलामको इलाम नगरपालिका-१ र ४ स्थित पुवा-२ जलविद्युत आयोजनाबाट ४.९६ मेगावाट जलविद्युत उत्पादन गर्न आयोजनाको निर्माण गरेको छ। साथै विद्युत उत्पादनका लागि जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०७५ असोज २३ मा अनुमति प्राप्त गरेको छ। 

वित्तीय अवस्था
पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ सम्ममा कम्पनीको अधिकृत पुँजी ६३ करोड २६ लाखभन्दा बढी छ। जारी पुँजी ३२ करोड २६ लाख छ भने हालसम्मको चुक्ता पुँजी ३२ करोड २६ लाख छ। साथै सर्वसाधारणका निमित्त छुट्याएको ३१ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गरी बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ लाख हुनेछ।  

कम्पनीमा संस्थापक सेयरधनीहरुको स्वामित्व ५१ प्रतिशत, कर्मचारीसहित सर्वसाधारणको ३९ प्रतिशत र स्थानीय बासिन्दाको १० प्रतिशत छ।पुवा-२ जलविद्युत आयोजना निर्माणका लागि ब्याजसहित कुल लागत ९५ करोड ६ लाख हुने अनुमान छ। यस्तै अनुमानित ब्याजसहित प्रतिमेगावट लागत १९ करोड १६ लाख पर्ने हिसाब छ।