BIZMANDU
www.bizmandu.com

कालिका लघुवित्तले माग्यो ८३ कर्मचारी, सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मका पदमा आवेदन खुल्यो

२०७९ साउन २९

काठमाडौं। पोखराको बुद्धचोक केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

Tata
GBIME
Nepal Life

सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म ८३ जना कर्मचारी भर्ना गर्ने भएको हो। लघुवित्तले सहायक प्रबन्धक १, अधिकृत १, सहायक २० र कनिष्ठ सहायक ६० जना माग गरेको छ।

सहायक प्रबन्धकका लागि स्नातकोत्तर गरी ५ वर्षको अनुभव हुनुपर्ने तोकिएको छ भने अधिकृतका लागि स्नातकोत्तर गरी सम्बद्ध पदको ३ वर्षको अनुभवी हुनुपर्ने लघुवित्तको सूचनामा उल्लेख छ।

सहायकका लागि १२ कक्षासम्म र कनिष्ठ सहायकका लागि १० कक्षाको योग्यता निर्धारण गरिएको छ। उक्त पदका लागि इच्छुक योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्।

दरखास्त भदौ १२ गतेसम्मका लागि पेस गर्न सकिन्छ। 

आवेदकहरु मध्ये सर्ट लिस्टमा परेकाहरुलाई मात्र अन्तर्वार्तामा सहभागी गराइने लघुवित्तले जनाएको छ।